सोमवार, बैशाख ३, २०८१

पशु पालन व्यवसायको रुपान्तरण नभई आर्थिक रुपान्तरण संभव छैन : एशोसिएसनका वर्तमान अध्यक्ष श्री पुर्णबहादुर बुढा

Purna Budha President , NEVLAसाताको चर्चा शीर्षकको स्तम्भमा लामो समयदेखि पशु स्वास्थ्य प्राविधिकको रुपमा विभिन्न जिल्लाहरुमा पुगि सेवा पु¥याउनु भई हाल पशुपालनको क्षेत्रमा महत्वपुर्ण स्थान बनाउन सफल नेपाल पारा भेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसनका वर्तमान अध्यक्ष श्री पुर्णबहादुर बुढासंग हेमराज बोहराले गर्नु भएको कुराकानी प्रस्तुत गरिएको छ ।
कृषि क्षेत्रमा तपाईको संगठको भुमिकाको बारेमा केहि बताईदिनुस न ?
हाम्रा् एशोसिएसन पशु सेवाको क्षेत्रमा संलग्न पशु स्वास्थ्य कर्मिहरुको पेशागत संगठन हो । यसले यसले आफ्ना सदस्यहरुको हकहितका साथै कृष् िक्षेत्रमा विकास, विस्तार तथा प्रबद्र्धन कार्यमा महत्वपुर्ण योगदान पु¥याउदै आएको छ । यस एशोसिएसनले उठान गरेका माग मध्ये ८० प्रतिशतको हाराहारीमा कृषि तथा पशु पालन व्यवसायको सुदृढिकरण र किसानको हित सम्बन्धि नै रहेका छन् ।
यो संगठन र पेशामा आबद्ध सदस्यहरुको पशुसेवामा कत्तिको महत्व रहेका छ ?
हाम्रो एशोसिएशनमा आवद्ध अधिकतम सदस्यहरु मध्मम स्तरीय प्राबिधिक जनशक्ति रहेका छन् । नेपाल ग्रामिण  क्षेत्रमा रहेका ९९९ वटा पशु सेवा केन्द्र मार्फत यहि जनशक्तिले  सेवा प्रवाह गरि रहेको छ । भने पशु सेवा केन्द्रहरु ले सेवा प्रवाह गर्न नसकि रहेका दुर्गम क्षेत्रहरुमा सेवा प्रवाह गर्न निजि क्षेत्रमा कार्यरत हाम्रा साथिहरुको अत्यन्त महत्वपुर्ण भुमिका रहेको छ । हाम्रो देशमा पशु सेवाको करिव ८० प्रतिशतको हाराहारीमा हाम्रा सदस्यहरुको भुमिका रहेको अनुमान छ । नेपालमा वार्षिक ३ लाख भन्दा बढि गाई भैसीमा कृत्रिम गर्भाधान गरिन्छ । त्यसको झण्डै ९५ प्रतिशत भन्दा बढि योगदान यस एशोसिएशनका सदस्यहरुको रहेको छ । बिषेश गरि निजि क्षेत्रमा कार्यरत  हाम्रा सदस्यहरुको योगदान यस क्षेत्र मा थप महत्वपुर्ण हुदै गईरहेको छ । पशु पालन क्षेत्रमा नश्ल सुधारमा कायापलट ल्याउने विभिन्न कम्पोनेन्ट मध्ये नश्ल सुधार सबै भन्दा प्रमुख अंग हो । यसको प्रमुख जिम्बेवारी हाम्रो सदस्यहरुको कांधमा रहेको छ । त्यसैले हाम्रो साथिहरुको महत्व पशु पालनको क्षेत्रमा अत्यन्त ठुलो छ जस्तो लाग्छ ।
 नेभ्लाले सरकारी कृषि निति तथा कार्यक्रमहरुमा कस्तो प्रभाव पारेको छ ?
यस एशोसिएशनका विभिन्न कामहरु मध्य नेपालको कृषि तथा पशु पालन क्षेत्रको नितिगत सुधार गर्नु एउटा महत्वपुर्ण काम हो । हाम्रो एशोसिएसनले विगत लामो समय देखी विभीन्न नितिगत सुधारको कार्य योजना तयार गरि नेपाल सरकारका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने , सो को लागी अनुरोध र आग्रह गर्ने सुनुवाईमा आनाकान वा इन्कार गरेमा प्रेशर दिने तथा हस्तक्षेप गर्ने कार्य गर्दै आईरहेको छ । जस्को परिणाम स्वरुप यस क्षेत्रको सुधारमा हाम्रो एउटा विशिष्ठ पहिचान र योगदान रहेको छ । भन्ने हामिलाई लागी रहेको छ ।  विशेष गरि पशु सेवाको क्षेत्रमा रहेका विभदकारी ऐन , नियम निर्देशीकाको परिमार्जन को खाका तयारी , पशुपालन नीतिको मसौदा तयार गरि कार्यान्वयनको प्रक्रियामा रहनु , स्थानीय निकायमा प्रवाह हुने बजेट को न्यूनतम १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनु , कृषि तथा पशु विमा को थालनि हुनु, निश्चित प्रतिशत सहित को कृषि क्षेत्रमा क्रृण प्रवाहको थालनि हुन, सेवा केन्द्र सम्म अधिकृत स्तरको दरबन्दी सृजना गरिनु, प्रत्येक गा.वि.स.मा एक एक वटा कृषि तथा भेटेरिनेरी प्राबिधिक राख्ने कुरामा सरकार नीतिगत रुपमा सहमत भई त्रिबर्षीय योजना को आधारपत्रमा समाबेश हुनु, फिल्डस्तरमा कार्य गर्ने प्राबिधिकहरुको बृति बिकासका लागी अध्ययन भ्रमण , तालिमका अवसरमा थप हुदै जानु, हाम्रो एशोसियसनले उठाएका ५६ बुंदे माग सरकारी निकायले विधिवतरुपमा अपनत्व ग्रहण गर्नु लगाएतका बिभिन्न कुरामा सुधार आउनु र केहि कुरा सुधारको प्रक्रियामा अगाडी बढनु नै हाम्रो नितिगत क्षेत्रमा गर्न खोजिएको रुपान्तरणको सकारात्मक प्रभाव हो भन्ने हाम्रो निष्कर्ष रहेको छ । यि सबै सुधारको आरम्भको थालनि हाम्रो एशोसियसनले गरेको कुरा हाम्रा दस्ताबेजहरुले प्रमाणीत गर्दछन् ।
पशुपालन लाई रुपान्तरण गर्न नेभ्लाले केहि भावी योजना बनाएको छ की  ?
निश्चित रुपमा नेपालको पशु पालन क्षेत्रलाई सकारात्मक दिशामा रुपान्तरण गराउन हामी संग ठोस भावी योजना रहेको छ । नेपाल एउटा कृषि प्रधान देश हो । यहांका दुई तिहाई हाराहारीको जनसंख्या कृषि क्षेत्रमा निरभर रहेको छ । कृषि क्षेत्रको मेरुदण्डको रुपमा रहेको पशु पालन व्यवसाय को रुपान्तरण विना यो देशको आर्थिक रुपान्तरण संभव छैन । यो हाम्रो एशोसिएशनको बुझाई हो । यस प्रति बिभिन्न राजनैतिक दल र नेपाल सरकारका नितिगत क्षेत्रममा बस्नेहरु सैद्धान्तीकरुपले सहमत भएको हामीले पाएका छौ । सैद्धान्तीक सहमतिले मात्र यसको विकास संभव छैन । त्यसको लागी व्यवहारिक रुपमा नै लागी पर्नु र यस व्यवशायको विकास, विस्तार र प्रबद्र्धन को लागी स्पष्ट कार्य योजना हुनु जरुरी छ । त्यसै लाई मध्यनजर गरि हाम्रो एशोसिएसनले भौगोलिक बर्गिकरण , किसानको बर्गिकरण र त्यसमासंचालन गरिनु पर्ने क्रियाकलाप यस क्षेत्रको पुर्न संरचनाको खाका , कार्यक्रमको मोडालिटि,सरकारको दायित्व सहितको कार्ययोजना ३ बर्ष पहिला नै पशु सेवा विभागमा पेश गरि सकेका छौ । त्यो कार्य योजनालाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने भएमा परिमार्जन गरि कार्यान्वयन गराउनु र हाम्रा करिव अठार हजारको हाराहारीमा रहेका संगठित असंगठित सदस्यहरुलाई यस एशोसिएसनको मुल प्रवाहमा ल्याई यस पेशा संग सम्बन्धित उत्पादन र उद्यमशिलतामा लगाउने पनि हाम्रो भावि योजना रहेको छ ।
पशु पालनलाई बढि प्रभावकारी र परिणममुखि बनाउन के गर्नु पर्ला ?
पशु पालनलाई बढि प्रभावकारी र परिणाममुखी बनाउन एउटा ठोस कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । यसकोलागी किसानको वर्गिकरण , भौगोलिक बर्गिकरण महत्वपुर्ण कुरा हो । अथवा क्षेत्र पहिचान गरिनु पर्छ , यस व्यवसायको विकासको मुलथलो गांउ हुनु जरुरी छ । यस क्षेत्रमा राज्यको लगानी कुल बजेटको ३ प्रतिशत को हाराहारी भन्दा बढि छैन , दुई तिहाई जनसंख्या प्रमुख पेशाको लागी यो बजेट अत्यन्त न्यून छ त्यसकारण कुल बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रमा छुट्याउनु पर्छ । हालको बजेट निश्चित घेरामा सिमीत छ, यसलाई  आम किसानको पहुंचमा पुयाउनु पर्छ । पशु विमा र वित्तिय सेवाको पहुंच ग्रामिण तह सम्म पुयाउनु पर्छ बिशेषज्ञ सेवाको पहुंच बिस्तार गरिनु पर्छ । नश्ल सुधार सेवा गुणस्थरिय बनाई आम किसानको पहुंचमा पुयाउनु पर्छ ।
तपाईको कार्यकालमा नेभ्लाले के कस्तो उपलब्धी हासिल गर्यो त ?
यो कार्यकालमा हाम्रो लागी अत्यन्त चुनौतिपुर्ण कार्यकाल रह्यो । सातौ राष्ट्रिय महाधिबेशनले हामीलाई पुरा गर्न दिएको सबै जिम्बेवारी पुरा गर्न देशको विषम परिस्थीति पनि प्रतिकुल रह्यो । तथापी हामिले केहि महत्वपुर्ण उपलब्धी हासिल गरेका छौ । केहि प्राप्तीको चरणमा निकै अगाढि बढाएका छौ भने केहि व्यवस्थीत गरिरहेका छौ । हाम्रोलागी मात्र नभई नेपालको सिंगो पशु सेवाको क्षेत्रमा सेवा प्रवाह गर्न नै प्रतिकुल प्रभाव पार्ने केहि ऐन, नियम, निर्देशिका परिमार्जन तथा नयां तर्जुमा आबश्यक थियो । त्यसमा पारित २ बटा ऐन परिमार्जन गरिएको छ र थप प्रक्रियाको लागी यी ऐनहरु अगाढि बढाईएको छ । पशु बधशाला तथा मासु जांच ऐन परिमार्जनको क्रममा छ । पशु पालन निति तयारी गरि अगाढि बढाईएको छ । हामै्र पहलमा स्थानिय निकायको बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रमा छुट्याउन सफल भएका छौ । प्रत्येक गा.वि.स. मा १÷१ जना कृषि तथा भेटेरीनेरी प्राबिधिक राख्ने निति पारित भएको छ । पशु र कृषि विमा थालनी भएको छ । प्रतिशत सहितको क्रृण प्रवाह को थालनी भएको छ । हाम्रा प्रमुख मागहरु ए .डि.एस.मा समाबेश गराईएको छ ।
पशुपालनको क्षेत्रको बिकास र विस्तारमा के कस्ता वाधक देख्नु हुन्छ  ?
पशु पालन क्षेत्रको बिकास र विस्तार वाधक भनौ या सुधारका क्षेत्र भनौ यो क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु , न्यून बजेटको प्रवाह हुन विमा र क्रृण को पहुंच किसानमा नपुग्नु, प्रविधि र प्राबिधिक एबं बिशेषज्ञ सेवा आम किसानको पहुंचमा नपुग्नु , निति निर्माण मा बस्नेहरुले किसान केन्द्रित भन्दा पनि आफु केन्द्रित ऐन, नियम रनितिको तर्जुमा गरि सेवा प्रवाह गर्ने जनशक्तिको स्पष्ट भुमिका र जिम्बेवारी ऐन नियममा उल्लेख नगर्नु , व्यवशायिक पशु पालनको ठोस कर्ययोजना नहुनु, सेवा प्रदायक संरचनाको भौतिक पुर्वाधार र बजेट अति कमजोर एबं न्यून रहनु आदि ।
अन्तमा कृषक तथा जिम्बेवार निकाय हरुलाई के भन्न चाहनु हुन्छ ?
म आम किसान लाई संगठित रुपमा आफ्ना मुद्धा उठाउन आग्रह गर्दछु  । कृषि क्षेत्र र किसानको विषय नेपालका सबै राजनैतिक पार्टिमा छलफल को विषय बन्नु पर्छ । अव समृद्ध नेपाल निर्माण गर्ने सपना पुरा गर्न सबै कृषि क्रान्तिमा जुट्नु पर्छ ।  यो देशको आर्थिक रुपान्तरण को प्रमुख अभियान्ता किसान नै हुन त्यसैले जिम्मेवार निकायले कृषि क्षेत्रको आमुल परिवर्तन गर्न भजन गाएर मात्र पुग्दैन यसको बिकास र विस्तारको लागी व्यावहारिक रुपमा नै होमिनु जरुरी छ । यो कार्य ढिला भईसकेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७०