शुक्रबार, चैत्र १६, २०८०

नेपाली उत्पादनमा भारतीय नाम, नेपाल सरकार मौन, अलैची र अदुवामा भारतीय ट्याग

काठमाडौं । नेपाली किसानहरूले आफ्नो उत्पादनको बजार पाउन नसकेको गुनासो गर्ने गर्दछन् । तर त्यही नेपाली  उत्पादनलाई भारतीय व्यापारीहरूले आफ्नो ट्याग हालेर विदेशी बजारमा विक्री वितरण गर्ने गरेको खुलासा भएको छ । नेपाली उत्पादन अलैची र अदुवालाई नेपाल सरकारले ध्यान पु¥याउन नसक्दा अदुवा र अलैची अन्तर्राष्ट्रिय बजारमा भारतमा उत्पादन भएको भनेर विक्री भईरहेको पोष्ट हार्भेष्ट निर्देशनालयले खुलासा गरेको छ ।
कृषि विकास मन्त्रालय अनुगमन तथा मूल्यांकन शाखाको आयोनजामा विभागस्तरीय चौमासिक समिक्षा गोष्ठि कार्यक्रममा निर्देशनालयको प्रगति समिक्षा गर्ने क्रममा पोष्ट हार्भेष्ट निर्देशनालयका कार्यक्रम निर्देशक  तेज सुवेदीले बताएका हुन् । सुवेदीका अनुसार नेपालको अलैची र अदुवा गुणस्तरीय भएको र त्यसलाई प्रशोधन गर्न नसक्दा यो अवस्था आएको पनि बताएका छन् । नेपाली किसानहरुबाट भारतीय व्यापारीहरुले सिधै खरिद गर्ने गरिएको हुनाले ती उत्पादन भारतमा प्रशोधन गरेर त्यही उत्पादन भएको झुठो व्यहोराको ट्याग राखि विश्व बजारमा अलैची र अदुवा भारतमा उत्पादन भएको उल्लेख गरि निर्यात गरिरहँदा पनि आफूहरू मूक दर्शक भएर बस्नु परेको गुनासो समेत उनले गरेका छन् ।
हुन पनि धेरै नेपाली कृषि उत्पादनहरू भारतीय बजार हुँदै भारतीय ट्याग भिरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । नेपाल सरकारले त्यस्ता बस्तुहरूलाई नेपालमै प्रशोधनको व्यवस्था गरेर गुणस्तरीय कृषि उत्पादन विदेश निर्यात गर्ने हो भने नेपाली किसानहरूमा उत्साह बढ्ने सम्भावना हुँदा हुँदै पनि राजनीतिक अस्थिरताका कारण पनि कृषिको विकास हुन नसकेको देखिन्छ । पछिल्लो समयमा व्यवसायिक कृषि उत्पादनमा सरकारले जोड दिँदै अलैची र अदुवा उत्पादनमा समेत अनुदानको व्यवस्था गरिरहेको देखिएतापनि ती नेपाली उत्पादनलाई विदेशी बजारमा निर्यान गर्नका लागि सरकारले चासो दिन नसक्ने हो र भारतीय व्यापारीहरूले नै रजाँर्इै गर्ने हो भने किसानहरूले दिनरात नभनि कृषि उत्पादन गर्नुको कुनै अर्थ देखिँदैन । तसर्थ नेपाल सरकारले यो विषयमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । नेपाल सरकारले आफ्नो देशमा उत्पादन भएको यस्ता वस्तुरूमा भारतीय  उत्पादन भनि विदेश निर्यात गरिएका अलैची र अदुवामा आफ्नो पहिचान दिन सक्नु पर्दछ ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०