बिहिबार, बैशाख १३, २०८१

आयोजना निर्देशकले गरे उद्घाटनसँगै निरिक्षण पनि

काठमाडौं । व्यवसायिक कृषि तथा व्यापार आयोजनाबाट पूरक अनुदान सहयोगमा चितवनमा संचालित उपआयोजनाहरुको आयोजना निर्देशक योगेन्द्र कुमार कार्कीले हालै निरीक्षण गरेका छन् । आयोजना निर्देशक लगायत आयोजनाका नोडल अधिकृत राजेन्द्र यादव, प्राविधिक सहयोग समूहका मुल्य श्रृंखला विज्ञ डा.कमलराज पौड्याल र क्षेत्रीय प्राविधिक सहयोग समूह चितवनका अनुगमण तथा मुल्यांकण विज्ञ विष्णु दयाल सिंह, मुल्य श्रृंखला विज्ञ कुल प्रसाद निरौंला, बित्त विज्ञ राम नारायण क्षेत्री र वातावरण विज्ञ डा.मेनुका पन्तको सहभागिता रहेको संयुत्त टोलीले एग्रीकल्चर कोअपरेटीभ्सद्धारा संचालित टोमैटो केचप  उपआयोजना, कलेक्टीभ बी कीपिंग सर्भिस सेन्टर सर्लाहीले मह उत्पादन तथा विक्री वितरणमा संचालन गरेको उपआयोजना, साना किसान कृषि जागरण सहकारी संस्था महोत्तरी, ज्योती महिला कृषक समूह र प्रेरणा कृषि सहकारी संस्था रौतहटले तरकारी उत्पादनमा संचालन गरेको उपआयोजनाहरुको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा समय भित्रै सम्झौता अनुसारको कार्यक्रम संचालन गर्न उपआयोजना व्यवस्थापकहरुलाई आयोजना निर्देशक कार्कीले निर्देशन दिएका थिए ।
निरीक्षणकै क्रममा आयोजनाको अनुदान सहयोगमा राजदेबी महिला पशुपालन सहकारी संस्था लि.उमाप्रेमपुर र महिला कृषक समूह लक्ष्मी निवास, धनुुषाले संचालन गरेको तरकारी उत्पादन तथा बजारीकरण उपआयोजना अन्र्तगत र्नििर्मत तरकारी संकलन केन्द्र भवन, हरियाली खाधान्न वाली उत्पादन कृषक समूह बलौंटा, महोत्तरीले संचालन गरेको दुग्ध प्रशोधन उपआयोजना अन्तर्गत निर्मित दुग्ध संकलन तथा प्रशोधन केन्द्र भवन,श्री कृष्ण प्रणामी महिला सहकारी संस्था डुमरीया(२ नजरपुर, रौतहटले बीउ उत्पादन तथा प्रशोधन उपआयोजना अन्तर्गत निर्मित भवन, दलित महिला पशुपालन कृषक समूह सन्तपुर,राौतहटले दुग्ध उत्पादन तथा प्रशोधन उपआयोजना अन्तर्गत निर्मित दुग्ध संकलन तथा प्रशोधन भवन र उन्नत गाई पालन समूह गुन्जनगर ४ चितवनले संचालन गरेको दुग्ध उत्पादन तथा प्रशोधन उपआयोजना अन्तर्गत निर्मित दुग्ध संकलन तथा प्रशोधन केन्द्र भवनको आयोजना निर्देशक कार्कीले उद्घाटन समेत गरेका थिए ।   त्यस्तै राजघाट तरुल उपभोत्ता सहकारी संस्था राजघाट,सर्लाहीले संचालन गरेको तरुल उत्पादन तथा बजार व्यवस्थापन उपआयोजना अन्तर्गत निर्मित तरुल संकलन केन्द्र भवनको विशाल समारोहका बीच आयोजना निर्देशक कार्की र सर्लाही ३ नं.क्षेत्रका सभासद् हरि उप्रेतीले संयुत्त रुपमा  उद्घाटन गरेका थिए ।  उद्घाटन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगल किशोर तिवारी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख लगायत स्थनीय निकायका पदाधिकारीहरु, राजनितिक दलका जिल्ला स्तरका पदाधिकारीहरु समेतले आआफ्नो धारण प्रस्तुत गरेका थिए   ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०