शनिबार, जेष्ठ १२, २०८१

पढाउन छाडेर पशु पालनतिर

DSC04601गत साता देखी शुरु गरिएको साताको चर्चा शिर्षक को स्तम्भबाट पाठकहरु माझ केहि फरक तवरले उपस्थीति भई पाठकलाई थप नयां जानकारी दिने उदश्यले शुरु गरिएको यो स्तम्भबाट पाठकहरु  पक्कै पनि केहि नया अनुभुति गर्नु हुने छ भन्ने विस्वासका साथ हामी यो स्तम्भलाई निरन्तरता दिएका छौ ।  यो साताको स्तम्भमा पुख्र्यौली घर गुल्मिबाट नवलपरासीको प्रगतिनगर ८ धारापानि स्थीत स्थायी बसोवास भई हाल किर्तिपुर, काठमाण्डौ मा कृषि पेशामा आबद्ध पशु पालक व्यवसायी श्री केशबराज अर्याल संग कृषि पेशा र उहाले संचालन गर्नु भएको व्यवसायको बारेमा छलफल गरि कृषि साप्ताहिक र कृषि आनलाईनका लागिहेमराज बोहराले तयार पार्नु भएको सामग्री प्रस्तुत गरेका छौ ।

    कृषि पेशा तिर कसरी आउनु भयो ?
पुख्यौली घर (गुल्मी) पहाडमा भएकोले सानै छदा देखी नै कृषि कर्म प्रति केहि अनुभव र संलग्नता  रहदै आएको थियो , घरमा गाई भैसी बाख्रा पाल्ने गरिन्थ्यो स्कुले जिवन देखी नै पशु पालन खेति पाति लगाएतका कृषि कर्म मा सम्लग्न भएको हुदा कृषि पेशा प्रति आकर्षण बढ्यो र सानै छदा स्कुले जिवनमा पनि घरमा सांझ विहान घांस दाउरा गरेर स्कुल जाने गरिन्थ्यो जस्का कारण यो पेशामा लाग्न थप मद्त मिल्यो र एस.एल.सी. गरि सके पछि केहि समय शिक्षण पेशामा लागीयो त्यस पछि  बैदेशिक रोजगारिका लागी मलेसीया जाने चक्करमा पनि लागियो तर पछि खास गरि काठमाण्डौमा आए पनि पछि हामीलाई पढाउने सर बिनोद श्रेष्ठ सरले कुखुरा पालन गर्नु भएको थियो उहां  मलाई पनि कुखुरा पाल्न सल्लाह दिनु भयो र सरले त कुखुरा पालन गर्नु भएको छ भने हामीले किन नगर्ने भन्ने लाग्यो र उहांकै सल्लाह र सुझाबले कुखुरा पालन व्यवसाय शुरु गरे यसरी कृषि पेशालाई  व्यवसायीक रुपमा पेशाको यसलाई नै मुख्य पेशाकोे रुपमा अगाल्दै गएं ।

    शिक्षक जस्तो सम्मानीत पेशालाई छाडेर कृषि पेशामा आउनु भएछ यसको कारण के होला ?
पहिलो कुरा त म बिनोद सर बाटै प्रभावित भएको हुं अर्को कुरा कृषि पेशा पनि त्यस्तो शिक्षक भन्दा कम पेशा होईन यो मानिसहरुको हेर्ने सौचाईमा फरक पर्ने कुरा हो । मलाई त्यस्तो लाग्दैन म यो पेशा बाट पुर्णरुपमा सन्तुष्ट छु न की शिक्षक बाट थिए । र मलाई कुनै पश्चाताप पनि छैन किन की म घरमै बसेर समग्र घर परिवारको रेखदेख देखी आम्दानी समेत हुने भएको ले मैले ठिक समयमा ठिक निर्णय गरे जस्तो लाग्छ ।

    ब्रोइलर पालन बाट अहिले सम्म कत्तिको फाईदा लिनु भयो त ?
शूरुमा २००० चल्ला बाट व्यवसाय शुरु गरे र पछि ४००० सम्म ब्रोइलर कुखुरा पालन गरे पाल्ला निकै मेहनत पनि गर्नुपर्यो तर राम्रै फाईदा भयो, घरको जेठो बाठो भएको ले पनि मेरो अलि बढि जिम्बेवारी थियो भाइ बहिनी पढाउनु देखी लिएर घरको व्यवस्थापनमा पनि त्यतिकै ध्यान दिनु पर्दथ्यो, जे होस व्यवसाय शुरु गरे देखी त्यस्तो संकट परेको छैन अहिले भाईहरु सबैको राम्रो व्यवस्थापन भएको छ काठमाण्डौमा सनराईज डिजाईन एण्ड ल्फेक्स प्रिन्ट नामको प्रिन्टीङ प्रेस समेत संचालनमा आएको छ । बच्चा बच्चीहरुलाई पनि राम्म्रै पढाएको छु , एउटा छोरा डक्टर पढन जमर्न जादै छ जे होस कृषि पेशामा लागे पनि समग्र नेपालीहरुको तुलनामा राम्रै प्रगति गर्न सकेको छु जस्तो लाग्छ । मैले कुखुरा पालन व्यवसाय मार्फत कृषि क्षेत्रमा हात हालेको ५÷६ बर्षमा करिब २५÷३० लाख कमाए जो शिक्षक पेशामै रहेको भए सम्भव थिएन । यस कारण कृषि पेशा र व्यवसायलाई म सम्मान गर्छु ।

    तपाई कुखुरा पालन बाट राम्रो फाईदा लिंदा लिदै नि फेरि गाई पालन र कुकुर पालन तिर लाग्नु भएछ यसको के कारण होला ?
हालका दिनमा आएर कुखुरामा देखीएको बर्ड ल्फू पनि एक कारण हो यसका अतिरिक्त घरमा एक दुई वटा गाई पनि पाल्दै आएको थिए , र कुखुरामा दिन प्रति दिन विभिन्न खाले समस्यादेखा पर्दै आयो , बढि जोखीम लिनु पर्ने भयो र बड ल्फूको कारण करिव १००० लेयर्स कुखुरा मारियो जस्ले गर्दा सुरक्षित पेशाको खोजिको क्रममा गाई पालन देखीयो त्यसैले थप २ गाई थपेर गाई फर्म खोल्ने विचार गरे र खोले पनि संयोगले राम्रै फाईदा भएको छ । दैनिक ४०÷५० लिटर दुध विक्रि गरिन्छ धेरै जसो घरबाटै बिक्रि हुन्छ , नबिक्ने समस्यै छैन , पाल्न पनि सजिलो , धेरै जोखीम बहन गर्नु पनि नपर्ने भएको हुदा यो व्यवसाय राम्रो लागेको पनि छ, आम्दानी पनि राम्म्रै भएको छ समय र परिस्थीतिले साथ दिएमा यसलाई अझ बिस्तार गर्ने शुरमा छु ।
साथ साथै कुकुर पालन पनि ४ बर्ष अघिबाट गर्दै आएको हुं, यसबाट पनि राम्रै फाईदा भएको छ , हाल जर्मन सेफर, लेर्बाडोर, ककर स्पाइनल र लासा हेप्सो गरि ४ जातका कुकुर पाल्दै आएको छु बर्ष २ पटक बच्चा दिन्छन् भने एक पटकमा ८ देखी १२ वटा सम्म बच्चा दिने र एउटा बच्चा करिव १० हजार देखी १५हजारमा बिक्रि हुने भएको ले एक बर्षमा करिब ३ लाख रुपैया आम्दानी हुन्छ ।बिक्रिको लागी सम्स्या छैन क्यानाइन क्लबका व्यापारी हरु घरमै आएर बुकिङ्ग गछर्न् त्यसैले कुकुरबाट पनि राम्रै फाईदा भएको छ ।

    आज सम्म आई पुग्दा तपाईको व्यवसायमा सरकारी वा गैर सरकारी कुनै निकायहरुबाट कुनै किसीमको सहयोग पाउनु भयो वा भएन ?
आज सम्ममा करिव ०६६ साल तिर जिल्ला पशु सेवा कार्यालय काठमाण्डौ बाट १५ दिने पशु पालन तालिम पाएको थिए, अष्ठ ज बाट पनि तालिम दिएको थियो तर व्यवसायमा लगानीको हिसाबले आर्थीक सहयोग आज सम्म कुनै निकायबाट पनि पाएको छैन ।

    हजारौ नेपाली यूवाहरु दैनिक बैदेशिक रोजगारिमा जाने गरेका छन उनिहरुलाई के भन्न चाहनु हुन्छ ?
म पनि २०६२ साल तिर मलेसिया जाने भनेर तयार भएको थिए तर के के नमिले पछि गइएन र कृषि पेशा तिर लागीयो संजोगले यो पेशामा आईएछ बिदेश गएको भए के हुन्थ्यो थाहा छैन मैले यो पेशा मा लागेर बुद्धि पुर्याउछु आखिर यहां पनि गरे के हुदैन र ! बाहिर गएर दुख पाउनु भन्दा त बरु केहि थोरै नै भए पनि आफ्नै देशमा आफ्ना्े परिवार संग बसेर कमाउनुको छुट्टै मज्जा हुन्छ नी, किन जानु पर्यो बिदेश , म त सबै लाई आफ्नै पाखा पखेरोमा बसेर कृषि कर्ममा मेहनत गर्ने हो भने बिदेशको भन्दा डबल पैशा यही कमाइन्छ त्यसैले बैदेशिक रोजगारको चक्करमा नलागेर कृषि पेशामा लाग्न सबै युवा दानुभाईहरुलाई सुझाब दिन चाहन्छु ।

    अन्तमा कृषि पेशालाइ मर्यादित व्यवसायीक बनाउन के गर्नु पर्ला ?
कृषि लाई मर्यादित पेशाको रुपमा विकास गर्न सम्पुर्ण सर्बसाधारण , नेता कार्यकर्ता , सरकार र सम्पुर्ण सरोकारवाला निकायहरुको सोचमा बिकास गर्नु पर्छ र किसानलाई सम्मान जनक तरिकाले हेरिनु पर्छ र कृषि क्षेत्रमा सरकारले लगानी बढाउनु पर्छ मल, बिउ, प्राबिधिक ज्ञान जस्ता बिषयमा सरकारको ध्यान जानु जरुरी छ भने कृषकलाई सहुलियत क्रृण को व्यवस्था , अनुदान , छुट, र बिशेष पकेट प्याकेज कार्यक्रम ल्याएर कृषकको क्षमता बिकास गरियो भने आम जनताको कृषि क्षेत्रमा आकर्षण बढन गई कृषिमा व्यावसायीकरणको लहर आउन सक्छ । त्यसैले म यो कृषि साम्ताहि पत्रिका मार्फत कृषि क्षेत्रको जिम्मा लिएर बसेका जिम्बेवार निकायहरुलाई आग्रह गर्न चाहन्छु की कृषि क्षेत्रमा लाग्ने व्यवसायीहरुको सुरक्षा, सम्मान र सहयोग गरियोस ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०