शुक्रबार, बैशाख ७, २०८१

पटना डेरीको दूध पोखरामा आपूर्ति

हेटाँैडा, २६ पुस । सरकारको स्वामित्व रहेको दूध विकास संस्थान काठमाडाँैले भारतको पटना डेरी कम्पनीबाट धुलो दूध उत्पादन गर्ने कार्यमा प्रयोग गर्न अहिले दैनिक २० हजार लिटर दूध हेटौँडामा खरिद गरी ल्याउने गरेको छ । पटना डेरीबाट दैनिक ल्याइएको दूध पुनःप्रशोधन गरेर धुलो दूध उत्पादनको लागि हेटौँडाबाट दैनिक पोखरामा पठाउने गरिएको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख सरोज सिंखडाले राससलाई बताउनुभयो । पटना डेरी कम्पनीको सवारी साधनले दूध ढुवानी गरेर हेटौँडाको आयोजनाकोस्थलमा दैनिक ल्याउने गरिएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०७०