बिहिबार, बैशाख ६, २०८१

रोगको जीवाणु पत्ता लाग्न नसक्दा रोग नियन्त्रणमा कठिनाइ

चितवन,१९ पुस । पछिल्लो समय चितवनमा गाईभँैसीमा फैलिएको खोरेत रोगको जीवाणु पत्ता लाग्न नसक्दा रोग नियन्त्रणमा कठिनाइ भएको छ । पशु सेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारले  हिजो जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि नेपालमा यसअघि खोरेत ओ जीवाणु मात्रै रहेको र यसलाई नियन्त्रण गर्ने भ्याक्सिन भएता पनि अहिले देखिएको खोरेतको भ्याक्सिन नभएको बताउनुभयो । खोरेत रोगका कारण जिल्लाका विभिन्न स्थानमा गरी ४० वटा गाईभैँसी मरिसकेका छन् । अहिले देखिएको खोरेतको नमुना परीक्षण भइरहेको र महामारीमा कुन जीवाणुको सङ्क्रमण हो भन्न नसकिने भएको भन्दै महानिर्देशक रजवारले पशु बिमा नगरेका पशुपालकलाई राज्यले क्षतिपूर्तिको व्यवस्था गर्न नसक्ने बताउनुभयो । चितवनमा एक महिनादेखि महामारीको रुपमा खोरेत रोग देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०७०