शुक्रबार, चैत्र १६, २०८०

हालकै निति नियमले कृषि क्षेत्र व्यवसायिक नहुने

Krishana Hari Baskotaकाठमाण्डौँ,१७ पुष । नेपालमा गरीने निर्वाहमुखी कृषि खेती जतिसक्दो छिटो व्यवसायीकरणमा रुपान्तरित हुनुपर्ने मन्त्रिपरिषदका बरिष्ठ सचिब कृष्णहरी बास्कोटाले बताउनुभएको छ । आज काठमाण्डौँमा मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिब बास्कोटाले हालकै निति नियममा जाने हो भने कृषि क्षेत्र कदापी व्यवसायिक रुपमा नफस्टाउने बताउदै नेपालमा करिब ३५ लाख हेक्टर जमिन खेती योग्य रहेको र जस मध्य करिब १३ लाख हेक्टरमा सिंचाई सुविधा उपलब्ध रहेको र आगामी ५ देखि ७ बर्ष भित्रमा सबै खेती योग्य जमिनमा सिंचाई सुबिधा पुराउने लक्ष्य रहेको समेत बताए । चालु आर्थिक बर्षमा रसायनिक र प्राङ्गारिक मलमा अनुदान दिन रु.६ अर्व देखि ७ अर्व सम्म विनियोजन गरेको र प्राङ्गरिक मल कारखानामा स्थापना गर्नेलाई ५० प्रतिशत पुजिँगत अनुदान दिने निति रहेको बताउदै सचिब बास्कोटाले कृषि क्षेत्रलाई प्रोत्साहन दिनका लागि नेपाल सरकारले जीन बैँकको स्थापना गरेको समेत बताए । ३ बर्ष सम्म बाझो गरी राखिएको जग्गा नेपाल सरकारले कब्जा गरिनु पर्ने समेत स्प्रष्ट पर्नुभयो । नेपालमा कूल भूभागको ३९.८ प्रतिशत बन क्षेत्रले ढाकेको तर कूल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको यागदान करिब ६ प्रतिशत मात्र रहेकाले पनि बनको प्रकृति हेरी कतै लहरे तरकारी,सिमी,घिरैला,लौका,स्कूस आदिको गर्न रकुनै बनमा अर्मिसो,चिया,कफिको खेति गरिन सके पनि कैयौं वनहरु चरन क्षेत्रको रुपमा विकास गर्न सकिने समेत सचिब बास्कोटाले बताए । त्यस्तै सोहि कार्यक्रममा बोल्दै अर्का बक्ता कृषि मन्त्रालयका सहसचिब विजय मल्लीकले देशमा जनशक्ति र केहिमात्रमा प्रविधि भएपनि कृषि गर्नका लागि चाहिने मल,विउको अभाबमा र राम्रो प्रविधिको विकास नभएका कारण पनि कृषि क्षेत्र भने जस्तो व्यवसायिकिकरण हुन नसकेको बताउनुभएको छ । अपसिजनको बेलामा पनि कृषिकहरुले राम्रो उत्पादन गरे पनि बजारको असन्तुलन भाउ,मालखादको अभाबले धेरै समस्या आउने गरेको बताउदै सहसचिब मल्लीकले सिंचाई राम्रो सँग हुने भए उत्पादन पनि राम्रो हुने बताएकाछन् । त्यस्तै सोहि कार्यक्रममा बोल्दै नेपाल उधोग वाणिज्य महासंघका उधोग विभाग प्रमुख दिनेश क्षेष्ठले कृषि क्षेत्रलाई व्यबसायिक रुपमा लाने हो भने कृषि क्षेत्रमा चाहिने सामाग्री उपलब्ध हुनुपर्ने बताउदै नेपाल सरकारले कृषि क्षेत्रमा दिएको अनुदान नजिकको देश भारतको भन्दा शुन्य अबस्थामा रहेको बताए । त्यस्तै साहि कार्यक्रमा बोल्दै वरिष्ठ कृषि विज्ञ एवं कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम बाहादुर पाठकले दुर्गम क्षेत्रका कृषि गर्ने कृषिकहरुलाई धेरै असजिलो हुने गरेको र देशको प्रविधि राम्रो नभएका कारण पनि कृषिमा भने जस्तो सुधार हुन नसकेको र उच्चस्थरको प्रविधि गाँउघरमा भित्राउन सके राम्रो हुने समेत बताए । गाँउघरमा कृषि गर्नका लागि ऋण नपाउने समस्या र कृषि क्षेत्रलाई व्यवसायिक रुपमा लानको लागि ऋण अत्याबस्यक रहेको र उत्पादन भएका वस्तुहरु बजार सम्म पुराउन यातायात,बजारलाई पनि नितिगत तहबाट ध्यान दिनुपर्ने बताएकाछन् । कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधब निर्दोषको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०७०