बुधबार, मंसिर १३, २०८०

हामीसँग स्रोत केन्द्रकै अभाव छ

babukaji pantaबाबुकाजी पन्त 
कार्यकारी निर्देशक –दुग्ध विकास बोर्ड

० दुग्ध विकास बोर्डले अहिले के गरिरहेको छ ? 

राष्टिूय दुग्ध विकास वोर्डले दुग्ध उत्पादनमा बृद्धि गराउने उदेश्यले किसानहरुसँग प्रत्यक्ष भेटघाट तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बोर्डको बार्षिका कार्यक्रमभित्रका चौमासिक कार्यक्रममा रहेका विविध कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । अर्को कुरा दुग्ध उत्पादन बढाउनका लागि पशुपालनमा कृषकहरुलाई आकर्षित गराउनका लागि पनि बोर्डले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
० पछिल्ला समयमा युवा शक्तिहरु गाईपालनमा आकर्षितत भएका छन् । यसरी युवाहरुको आकर्षणलाई समन्वय गरेर अगाडि बढ्ने कस्तो योजना छ ?
विदेश गएर एक दुई वर्षपछि फर्केर आएका युवाहरु यो पेशाप्रति आकर्षीत हुनुहुन्छ । त्यसमा राष्टिूय दुग्ध विकास वोर्डको के भूमिका छ भन्दा पनि गत वर्ष हामीले दुग्ध व्यवसायीलाई प्रोत्साहन गर्न विशेष गरेर गाईपालन व्यवसायलाई अझ बढी केन्द्रित गर्न हामीले व्यावसायिक रुपमा पशुपालन होस् र व्यावसायिकरुपमै यसरी गाईपालन होस् भन्ने अभिप्रायले राष्टिूय दुग्ध विकास बोर्डले गत वर्षदेखि व्यावसयिकरुपमा पशुपालन गर्ने या गाईभैंसी पाल्ने, फर्म, व्यक्तिलाई केही अनुदान प्रोत्साहन दिँदै आएको छ । गत वर्ष दश वटा फर्मलाई दुई लाखको दरले सहयोग प्राप्त ग¥यौं र त्यो अनुदान स्वरुप उपलब्ध गरायौं पनि । त्यसको आधारमा पनि अहिले हामी केही दुग्ध उत्पादनमा वृद्धि भएको अनुमान गरीरहेका छौ । त्यही कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि बीस वटा किसान, संस्था, दुग्ध उत्पादन संस्था अथवा व्यावसायिक रुपमा कमसेकम पाँच वटा भन्दा बढी गाई भैंसी पाल्ने व्यक्ति वा संस्थाहरुलाइ अनुदानको कार्यक्रम राखेर अनुदानको व्यवस्था गरेका छौं ।
० सरकारले गाई पालनलाई प्रोत्साहन दियो जसले गर्दा भैंसी पालनमा रहेका किसानहरु विमुख हुने हुन् कि भन्ने आशंका पनि भयो त ?
गाईपालन फस्टाउनु भनेको भैंसी पालन व्यावसाय विमुख हुन्छ भन्ने हँुदैन । गाईपालनले भैंसी पालन व्यावसायमा कमी आउँछ भन्ने छैन । अहिलेको तुलनामा गाईको दूधको भन्दा भैंसीको दुधको मूल्य बढी नै किसानले पाउने गरेका छन् । गार्इृको दुधले मात्र उपभोक्ताको माग परिपूर्ति हुन्छ भन्ने पनि छैन । देशको हिसाब गर्ने हो भने लगभग ६९ प्रतिशत भैंसीको दुध संकलन गरीरहेका छौं । ३१ प्रतिशत मात्रै गाईको दुध संकलन छ ।
० दुध संकलनको क्रममा किसानहरुले जति रकम पाउनुपर्ने हुन्छ त्यो नपाइरहेको अवस्था छ पनि भनिन्छ नि ?
किसानहरुले उत्पादन गरेको उचित मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले दुग्ध विकास संस्थाको सञ्चालक समितिमा बोर्डको कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था गरिएको छ । कार्यकारी निर्देशकको संयोजकत्वमा दूधको उत्पादन लागत मूल्य अध्यन गर्ने समिति गठन गरेको थियो । त्यही अनुसार हामीले उत्पादन लागत अध्यन गरेर देशको सबै क्षेत्रको नमुना संकलन एवं ती क्षेत्रको अनुगमन गर्नुका साथै भारतको उत्तर प्रदेशको केही क्षेत्रमा समेत अध्यन गरेर त्यहाँको लागत मूल्यको रिपोर्ट दुग्ध विकास संस्थानलाई दिएका थियौं । त्यो रिपोर्टमा किसानको लागत यति छ, त्यो अनुसार किसानलाई यति मूल्य दिनु उचित हुनेछ भनेर हामीले सिफारिस गरेका थियौं । त्यही सिफारिसका आधारमा दुग्ध विकास संस्थानले लागू गरेका छांै भनेको अवस्थामा किसानहरुले मूल्य पाएनन् भन्ने लाग्दैन । निजि क्षेत्रबाट दिइनेमा पनि दुग्ध विकास संस्थानले नै जे मूल्य निर्धारण गरेको छ त्यो नै निजि क्षेत्रले फलोअप गरेको छ । यस विषयमा हामीले चालु वर्षको आर्थिक बजेटमा शुरुवातको लागि केही उदाहरणस्वरुप सबै दूध संकलन केन्द्रमा दूधको विश्लेषण निर्धारण गर्नुपर्छ भनेर त्यस्ता दूध ‘एनालाइजरहरु’ उपलब्ध गराएको खण्डमा किसानले यदि दूध लगेर जान्छ भने एनालाइजरको विश्लेषणमा कति प्mयाट आयो र दूधको मूल्य कति भयो भनेर मूल्य त्यहीँ निर्धारण हुन्छ । किसानले प्रति लिटर दूधको मुल्य त्यहीँ थाहा पाउने प्रकारको त्यस्ता एनालाइजरहरु लगभग एक सय वटा केन्द्रमा कृषि विकास मन्त्रालयमार्फत प्रस्तुत गरेका थियौं । हुन त हामीकहाँ लगभग सत्रसय केन्द्रहरु छन् तर शुरुवातमा एक सय वटा केन्द्रमा मात्र प्रस्तुत गरेका थियौं । तर, अहिले केही पूर्ण बजेट नआउनुका कारण हामीले त्यसो गर्न सकेका छैनौं । आउने बजेटबाट यो सेवा अधिकतम किसानहरुले प्रयोग गर्न पाउन् भनेर पचास प्रतिशत अनुदानमै दिने र पचास प्रतिशत केन्द्रले व्यहोर्ने गरेर भए पनि यस्तो कार्यक्रम आगामि बजेटमा राख्ने योजना बनाएका छौ ।
० अहिले पनि नेपालमा दुग्ध पदार्थको माग पूर्ति गर्न सकिरहेको अवस्था छैन भनिन्छ नि किन ?
माग पूर्ति गर्न नसकेको भन्ने सन्दर्भमा के हो भने अहिले हाम्रो उत्पादनको तुलनामा गत वर्षभन्दा पनि यो वर्ष व्यावसायिक रुपमा पशुपालन गर्ने कुराहरु आइरहेका छन् । त्यसकारणले गर्दा अहिले हामी कहाँ ठूला दुध पाउडर बनाउने संस्थाहरु छन् जस्तैः सुजन डेरी पोखरामा छ, अर्को चितवनमा छ । त्यसको क्षमताको कुरा गर्ने हो भने लगभग एक लाख अस्सी हजार लिटर प्रतिदिन उनिहरु उत्पादन गर्छन् । अहिले हामीलाई दिनमा दुई तीन लाख लिटर दूध अपुग भएको सन्दर्भ हो । यदि त्यो क्षमतालाई पूर्णरुपमा सञ्चालन गर्ने हो भने यो पूर्ति हुन सक्छ र हामीले उत्पादन गर्न सक्यौं भने उत्पादन भएको दूधको खपतका लागि बजार छ । साथै छिमेकी भारत पनि पठाउन सक्छौं, भारतमा पनि दुधको अभावै छ ।
० पाउडर दूधलाइ न्यूनीकरण गर्दै लाने भन्ने कुरा पनि केही दिनअघि आएका थिए नि ?
होइन, व्यावसायिकरुपमा उत्पादन बढ्दै गयो भने धूलो दूधको उत्पादन अहिलेभन्दा झन् बढ्छ किनभने उत्पादन धेरै भयो र दूध खपत भएन भने धुलो बनउने हो । पाउडर बनाएर हामीलाई घाटा हुँदैन किनभने दूधको पाउडर बनाएर त्यसलाई अन्य देशमा पठाउन सकियो । जस्तै; हाम्रो देशमा बनेको दुध पाउडर पाकिस्तानमा बिक्री भइरहेको हामीले सुनेका छौं । त्यो उत्पादन झन् बढाएर विदेशमा पठाउन सकियो भने त हामीहरुको यहाँ लाग्ने उत्पादनलागत मूल्य घटाउन सक्छौं । हामीले उत्पादन मूल्य घटाउनासाथ विदेशको बजारमा त्यसले खुलारुपमा प्रतिस्पर्धा गर्न सक्नेभयो । जसले गर्दा हाम्रो देशको मात्र नभएर भविष्यमा विदेशी मुद्रा आयआर्जन गर्ने स्रोत बन्न सक्छ । त्यसैले गर्दा यो कार्यलाइ रोक्ने होइन कि झन् उत्पादन वृद्धि गर्नुपर्छ ।
० उत्पादन वृद्धि गर्नको लागि समस्या के छ ?
मुख्यरुपमा भन्नुपर्दा हामीसँग एउटा स्रोत केन्द्रकै अभाव छ । यदि कुनै किसानले मलाई दशवटा गाई चाहियो भनेर हामीकहाँ आयो भने यस्तो ठाउँमा जानुहोस् भनेर भन्नसक्ने अवस्था छैन । यस्तो स्रोत केन्द्रको ठूलो समस्या छ । त्यसैले दुग्ध विकास बोर्डले के गरेको छ भने दुग्ध विकास रणनीति विकास गर्ने सिलसिलामा पाँचवटै विकास क्षेत्रमा यस्ता स्रोत केन्द्रहरु स्थापना गर्नुपर्छ । स्रोत केन्द्रहरु स्थापना गर्ने क्रममा केही मात्रामा विदेशबाट पनि गाईहरु ल्याउनुपर्छ र हाम्रै देशमा रहेका गाईका बाच्छाहरु चयन गरी त्यसको नस्ल सुधार गरेर लानुपर्छ भनेर परिकल्पना गरेका छौं र त्ये रणनीति पनि बनाएका छौं ।
० राष्टिूय दुग्ध विकास बोर्डबीच समन्वय छैन भनेर बेला(बेला आरोप लाग्ने गरेको छ नि !
राष्टिूय दुग्ध विकास बोर्ड किसानका लागि भनेर नै बनेको संस्था हो । खास गरेर दुग्ध विकास बोर्ड किसानलाई, दूध व्यावसायी र दुग्ध विकास संस्थानलाई तिनकै समन्वयकारी भूमिका, नीति निर्माण गर्ने र एक आपसमा समन्वय सामन्जस्यता गर्नलाई बनेको संस्था हो । यसै सिलसिलामा हामीले के गरेका छौं भने राष्टिूय दुग्ध विकास बोर्डमा किसानको भूमिका हुनेगरी संस्थागत गर्न सफल भएका छौं । दुई जना किसानको प्रतिनिधित्व हुने गरी संस्थागत प्रतिनिधित्व गर्ने व्यवस्था छ । नेपालमा डेरी व्यवसायको संगठन छ । त्यहाँबाट पनि दुई जनाको प्रतिनिधित्व हुने भनेर ऐनमा व्यावस्था गरेको छ । पहिला के थियो त्यो थाहा छैन । किसानसँग झन् नजिक हुने हो, किसानबाट टाढा भन्ने कुरा होइन, यो आरोपमात्र हो ।
० बोर्डको समस्या के त ?
बोर्डलाई मुख्य समस्या भनेको आर्थिक स्रोतको अभाव हो । संभवतः हामी आगामी बजेटमा अनुरोध गर्ने सोचमा छौं । अर्को, मानवशक्तिको अभाव छ । त्यो जनशक्तिको अभाव परिपूर्ति गर्नेमा प्रयासरत छौं । यो दुग्ध विकास बोर्ड काठमाडौंमै मात्र छ । यसलाई क्षेत्रीयरुपमा विकास गर्नुृपर्छ भनेर त्यससम्बन्धी कार्य पनि भइरहेको छ ।
० यो सन्दर्भलाई जोडेर भन्नुपर्दा राज्यले किसानका लागि के गरीदियो भने किसानहरु दूध उत्पादनमा अझ प्रोत्साहित हुन्थेजस्तो लाग्छ ?
पहिलो त स्रोत केन्द्रको स्थापनाका लागि पहल हुनुपर्छ । अर्को कुरा किसानहरुलाई केही सुविधा दिनुपर्छ । जस्तैः मित्र राष्टू भारतको केही क्षेत्रमा हामीले भ्रमण गरेका थियौं । त्यहाँ के छ भने एउटा किसानले यदि एउटा गाई किन्छ भने राज्यले पच्चीस प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तो व्यवस्था यहाँ पनि नेपाल सरकारले गर्नुपर्छ । यसले गर्दा किसानहरु यो पेशामा बढी आकर्षित हुन सक्छन् ।

बाबुकाजी पन्त

प्रकाशित मिति: मङ्लबार, पुस १६, २०७०