बुधबार, जेष्ठ १६, २०८१

किसानहरुलाई कृषि सेवा केन्द्रले समेट्न सकेको छैन

Dilliram sharma

डिल्लीराम शर्मा
कार्यक्रम निर्देशक
बाली संरक्षण निर्देशनालय

 

विषादी मुक्त सप्ताह सम्पन्न भएको छ । यसको खासै प्रभाव परेन भन्छन् नि ?
विषादी मुक्त सप्ताह हामीले नेपालमा पहिलो पटक मुलुकभर नै डिसम्ेवर ३ देखि १० सम्म मनाऔं । यो सप्ताह मनाउनुको कारण नै विषादी विरुद्ध जनचेतना जगाउनु हो । यो सप्ताहबाट जनतामा चेतना जाओस् र विषादी जस्तो खतनारक चीजको प्रयोग नहोस् भन्ने हो । विषादी प्रयोग गरिहालेको खण्डमा पनि सुरक्षित तरीकाले गरुन् भन्ने उदेश्यले नै सञ्चालन गरेका हौं । हामीले विषादी नै प्रयोग नगरौं भनेर भन्न खोजेको होइन । विषादी प्रयोग गर्नु पर्दछ जरुरी पनि छ । तर, त्यसलाई सुरक्षित प्रयोग गरौं भन्नु नै यो सप्ताहको उदेश्य हो । यो अत्यन्तै प्रभाव परेको छ र अर्कोकुरा खतरनाका विषादीलाई प्रतिवन्ध लगाउने तयारी नेपाल सरकारले गर्दछ ।
खाद्यवालीमा विषादी प्रयोग झन् झन् धेरै बढ्दै गईरहेको छ सरकारी जनचेतना पुग्न सकेको छैन भन्छन् त ?
हामीले कसरी बुझ्न प¥यो भने अन्य देशहरुमा भन्दा नेपालमा विषादी अत्यन्तै कम प्रयोग हुने गरेको छ । अरु देशहरु जापान, इटाली, ताईवान लगायतका देशको कुरा गर्ने हो भने हामी कम विषादी प्रयोग गर्ने मुलुक मै पर्दछौं । तर समस्या हामी कहाँ नै छ किन भने हामीले विषादीको प्रयोग सहि किसिमले गर्न सकेका छैनौं । अव हाम्रो पहल भनेको विषादीलाई सुरक्षित किसिमले प्रयोग गर्न किसानहरुलाई सिकाउनु पर्ने हाम्रो आवश्यकता छ भने अर्कोतिर ६०प्रतिशत किसानहरु कृषि प्राविधिकहरुसँग समन्वय नै नगरी एग्रो भेटहरुबाट औषधि खरिद गर्ने गर्दछन् । एग्रोभेटमा बस्नेहरुसँग विषादी कसरी प्रयोग गर्ने भन्ने सिकाउने ज्ञान र अनुभवी नभएका कारण किसानहरुले पनि सहि सूचना पाउँदैनन । त्यस कारण हामी ती एग्रोभेट सञ्चालकहरुलाई तालिम दिने तयारीमा छौं । एग्रोभेट सञ्चालकहरुलाई कसरी विषादी प्रयोग गर्ने भन्ने कुरामा सक्षम बनाउन सकियो भने ती ६० प्रतिशत किसानहरुलाई एग्रोभेट सञ्चालकहरुले विषादी प्रयोग गर्न सिकाउने छन् र सहि र सुरक्षित तरीकाले विषादी प्रयोग हुन सक्छ । र मात्र हामीले विषादीको गलत प्रयोगलाई रोक्न सक्छौं ।
विषादी जस्तो संवेदनशील कुरा विक्री गर्नका लागि तालिमप्राप्त व्यक्तिलाई एग्रोभेटमा राख्नु नै समस्याको कारण हो भन्न सकिन्छ त ?
एग्रोभेट भनेको लाईसेन्स नलिई खोल्न पाईदैन । लाईसेन्सका लागि तीन दिने तालिम हुन्छ र त्यो तालिम पास भएपछि मात्र एग्रोभेट खोल्न दिइन्छ । त्यो दिन दिनको तालिम अपुग भयो भन्ने हामीलाई लागिरहेको कारण पुनः पुर्नताजगी तालिम प्रदान गर्ने र सुरक्षित विषादी कसरी प्रयोग गर्ने भन्ने बारे प्रशिक्षित गराउने तयारीमा छौं । किनकी हामीसँग न्यून प्राविधिक भएका कारण सवै किसानलाई तालिम दिन उनीहरुले सक्दैनन् । त्यसकारण एग्रोभेट सञ्चालकहरुलाई सक्षम बनाएपछि उनीहरुले नै विषादी विक्री गर्ने समयमा किसानहरुलाई सिकाउन सक्छन् भन्ने धारणा हो ।
खाद्य वालीका विषादी प्रयोग न्यूनिकरण गर्ने कुरा पनि आईरहेको छ , अर्गानिक कृषि खेतीको कुरा फेसन जस्तै भईरहेको छ भन्छन् तर अर्गानिकखेती मै विषादी प्रयोग भएको छ भन्ने कुरा पनि आईरहेको छ नि ?
अर्गानिक हेर्ने कृषि विकास मन्त्रालयमा एउटा कार्यदल छ त्यहाँबाट नै हेरिन्छ । वाली संरक्षण निर्देशनालयबाट हामीले त्यसलाई हेरेका छैनौं । अर्गानक कृषि उत्पादन हो भन्ने कुरा प्रमाणित हुनु पर्दछ । रसायनिक मल, विषादी प्रयोग भएकालाई त्यत्तिकै अर्गानिक भन्ने कुरा पनि नआएका होइनन् तर त्यो गर्न पाईदैन । अर्गानिक हो वा होइन भन्ने हेर्ने हामीकहा चार पाँच जना विज्ञहुनुहुन्छ उहाँहरुले नै प्रमाणित गर्नु हुन्छ । विना प्रमाणित अर्गानिकका नामममा बजारमा आउनु पाईदैन । कसैले प्रमाणित नगरीकनै अर्गानिक हो भनेर बजारमा विक्री गर्दछन् भने त्यो गलत हो हामी त्यसका लागि पनि निगरानी बढाउँछौं ।
अर्गानिक उत्पादन नगरी अर्गानिक भनेर विक्री गर्नेलाई के कार्वाही हुन्छ त?
अर्गानिक उत्पादन नगरी अर्गानिक हो भन्ने कमै होलान् किनकी हामीकहाँ अहिलेसम्म त्यस्तो उजुरी आएको छैन । यदि कसैले गलत ढंगले त्यस्तो गरिरहेको छ भने कार्वाहीका लागि ऐन कानून बनेको छ । त्यही ऐन कानून अनुरुप नै कार्वाही हुन्छ ।
उपभोक्ताहरुलाई थाहा नभएका कारण पनि त उजुरी गर्न नआएको हुन सक्छ नि ? कसरी थाहा पाउँछन् उपभोक्ताले अर्गानिक हो, होइन भन्ने कुरा ?
उपभोक्ताले एउटा विश्वासका आधारमा नै आफूले खरिद गरेको खाद्यवाली अर्गानिक हो भन्ने हो । अव जसले अर्गानिक भनेर बेचिरहेको छ ।उहाँलाई पनि त व्यवसाय गर्नु छ । भोली गुणस्तरको कुरा उठ्यो भने उहाँहरुलाई पनि छुट त हुँदैनन् । त्यसकारण त्यसरी विक्री कमै होलाने भन्ने लाग्छ । त्यसमा पनि अर्गानिक उत्पादन गर्नेहरुको बेग्लै एसोशिएन छ त्यो संस्थाले अर्गानिक खाद्यबस्तुको विस्तृत विवरण दिने गरेका पनि छन् । त्यही अनुरुप नै उत्पादन र विक्री हुन्छ जस्तो लाग्छ ।
नेपालको कृषि उत्पादनमा पूर्ण रुपमा विषादी रोक्न त नसकिएला तर न्यूनिकरण गर्न सम्भावना प्रशस्तै छन् यहाहरुले के गर्नु भएको छ त्यसका लागि ?
त्यसका लागि हामीले क्ष्एः कार्यक्रम सञ्चालन गरेका छौं । यसले के गर्दछ भने रसायनिक विषादीलाई न्यूनिकरण गर्दै जाने र वानस्पतिक र जैविक विषादीको बढावा दिने उदेश्यले यो कार्यक्रम नेपालभर लागू भईरहेको छ । १७ जिल्लामा हामीले विशेष कार्यक्रम नै सञ्चालन गरेका छौं । त्यही एउटा क्ष्एः कार्यक्रम हो जसले रसायनिक विषादीलाई न्यूनिकरण गर्न सक्छ । र वानस्पतिक र जैविक विषादी प्रयोग बढाउन सक्छौं ।
विषादी प्रयोको न्यूनिकरणका लागि नेपाल सरकारले ऐन, नियमावली ल्याएको छ तर कार्यान्वयन हुँदैन भन्छन् नि ?
महत्वपूर्ण कुरा के हो भने ऐन र नियमावली आउनु हो । त्यो ऐन र नियमावलीलाई नाघेर कसैले पनि विषादी विक्री वितरण गर्न पाउँदैन । कसैले त्यस्तो गरेको उजुरी आयो भने हामी तत्कालै अनुगमन र कार्याही गर्दछौं । हामी कहाँ विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखा छ । त्यो शाखा मार्फत हामीले मुलुकभर नै अनुगमन गर्ने गरेका पनि छौं । अनुगमनका क्रममा पनि त्यस्तो देखियो भने हामीले त्यही ऐन र नियमावली अनुरुप नै कार्वाही गर्ने गरेका छौं ।
यी काम त सरकारको तर्फबाट गरिए, किसानका तर्फबाट के गर्नु पर्ने देख्नुहुन्छ ?
किसानहरुले आफ्नो बाली बस्तुमा कुनै रोग रोक्न लागि वा रोगलागिसकेपछि विषादी प्रयोग गर्दै हुनुहुन्छ भने हाम्रा प्राविधिकहरुसँग अनिवार्य सल्लाह लिनु पर्दछ । आफ्नो नजिकको सेवा केन्द्र वा कृषि विकास कार्यालयमा गएर सल्लाह लिएर विषादी प्रयोग गर्नु भयो भने किसानहरुका लागि धेरै नै लाभदायक हुन्छ ।
तर, नेपालका अधिकांश किसानहरुले त कृषि प्राविधिकहरुको सेवा पाउन त धेरै मुश्किल छ रे नि त ?
सवै किसानहरुलाई कृषि सेवा केन्द्रले समेट्न सकेको छैन त्यो कुरा सत्य हो । हामीले १२ देखि १५ प्रतिशत किसानहरुलाई मात्र सेवा दिन सकेका छौं । त्यही भएर अधिकांश किसानहरु विषादी वा वीउ खरिदका लागि एग्रोभेटमा पुग्ने भएकाले त्यही एग्रोभेटलाई सक्षम बनाउने र उहाँहरुबाट हरेक किसानको सेवा पहुँच पु¥याउने सोच पनि हामीले बनाएका छौं ।
खाद्यवाली उत्पादनमा सक्रिय किसानहरुसम्म विषादी प्रयोगको जनचेतना पुग्न सकेन भन्ने आरोप लाग्दै आईरहेका छ होइन ?
त्यो एकदमै गलत कुरा हो । हामीले केन्द्रबाट गर्ने कार्यक्रम पनि कृषि विकास कार्यालयहरुबाट नै गर्ने हो । कृषि विकास कार्यालयहरु मार्फत सेवा केन्द्र रहेका छ जुन किसानसँग प्रत्यक्ष सम्पर्कमा रहिरहन्छन् । जति पनि किसानको सेवाको पहुँच कृषि सेवा केन्द्रको छ ती मार्फत नै कृषि प्रसार र जनचेतना अभिबृद्धिका कार्यक्रमहरु भईरहेका छन् । किसानसम्म पुग्दै पुगेको छैन भन्ने कुरा होइन ।
विषादी प्रयोगका सन्दर्भमा आम किसानहरुलाई के भन्नु हुन्छ ?
आम किसानहरुलाई के भन्छु भने यदि रोग किराहरु बालीमा लागेका छन् भने सेवा केन्द्र वा कृषि विकास कार्यालयका प्राविधिकहरुसँग सल्लाह लिएर मात्रै विषादी खरिद र प्रयोग गर्नुस् र अर्को कुरा विषादी प्रयोग गर्दा अत्यन्तै सुरक्षित किसिमले गर्न हुन अनुरोध पनि गर्दछु । –प्रस्तुति वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, मंसिर ३०, २०७०