शुक्रबार, चैत्र १६, २०८०

दाङमा पनि अस्ट्रिच पालन सुरु

दाङ२५, मङ्सिर । दाङको बिजौरीमा पहिलोपटक लोपउन्मुख पक्षी अस्ट्रिचको व्यावसायिकरूपमा पालन सुरु गरिएको छ । बिजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको ८० बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रूपमा अस्ट्रिच पालन सुरु गरेको हो । अहिलेसम्म १७१ वटा अस्ट्रिच ल्याइसकेको उक्त प्रालिले जनाएको छ ।
ostricप्रालिले रुपन्देहीमा व्यावसायिक रूपमा उक्त पक्षीपालन गदै आएको र यसको मासु विश्वका धेरै देशबाट माग भइरहेको हँुदा यसको विस्तारका लागि यहाँ पनि व्यावसायिक रूपमा पालन सुरु गरेको जनाएको छ । यस स्थानमा ७०० अस्ट्रिचपालन गर्ने तयारीका साथ हालसम्म रु चार करोड लगानी गरेर काम भइरहेको समेत जनाएको छ ।
सो प्रालिले दाङमा मासु, छाला, प्वाक, हड्डी भन्दा पनि अण्डा उत्पादन गर्ने र रुपन्देहीमा लगेर बच्चा उत्पादन गर्ने सोचका साथ अगाडि बढेको जनाएको छ । एउटा अस्ट्रिचको तौल करिब २५० केजीसम्म हुने र प्रतिकिलो रु दुई हजारमा बिक्री हुने जनाइएको छ । हालसम्म प्रालिले यसको व्यावसायिक रूपमा पालन गर्नेका लागि रु चार करोड लगानी गरी सकेको जनाएको छ ।
त्यसैगरी सो पक्षी ८० वर्षसम्मा बाँच्ने र उसको अण्डा, छाला, प्वाँकसमेत महँगोमा बिक्री हुने गरेको प्रालिले जनाएको छ ।
सर्वसाधारणका लागि अस्ट्रिच हेर्न रु १०० र विद्यार्थीका लागि भने रु ५० प्रवेश शुल्क प्रालिले निर्धारण पनि गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २५, २०७०