बिहिबार, बैशाख ६, २०८१

समूहमा आधारित मकैखेती सुरु

चितवन २५, मङ्सिर । कृषकलाई बीउमा विश्वास दिलाउन मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न निकायको सहयोग समूहमा आधारित मकैखेती सुरु गरेको छ ।
विश्वासकै अभावमा कृषकले सोचेअनुसारको मकैखेती नगरेको पाइएपछि उनीहरुलाई यथार्थता प्रमाणित गर्नका लागि समूहमा आधारित मकैखेती सुरु गरिएको हो ।
समूहमा मकैको बीउ दिएर लगाउँदा स्वयम् कृषकले फलेको नफलेको आफ्नै आँखाले देख्ने भएकाले कुनै गुनासो नआउँने र उनीहरु मकैखेतीतर्फ थप आकर्षित हुने भएकाले यस्तो विधि अपनाइएको मकैबाली अनुसन्धान केन्द्र चितवनका प्रमुख डा केशवबाबु कोइरालाले जानकारी दिएका छन् । corn
उनका अनुसार समूहमा सङ्गठित कृषकलाई सुरुमा अनुदानस्वरुप मकैको बीउ दिइने र उनीहरुबाटै उत्पादित नयाँ बीउ अन्यत्रसमेत पठाइने गरिएको हो ।
मुख्यगरी कृषकलाई विश्वस दिलाउनु, उन्नत बीउको विकास गर्नु र कृषकको गुनासो न्यूनीकरण गरेर उनीहरुलाई मकैखेतीमा आकर्षित गराउनु नै यसको मूल उद्देश्य रहेको मकै विज्ञ तथा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले बताए ।
अहिले समूहमा आधारित मकैखेती चितवनलगायत देशका विभिन्न २० जिल्लामा सञ्चालन गरिएको कुँवरले जानकारी दिएका छन् । पहाडे बाली अनुसन्धान आयोजनाअन्तर्गत यो कार्यक्रम सुरु गरिएको पनि उनले बताए ।
मेक्सिकोमा रहेको अन्तर्राट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा करिब ३०० कृषक समूह आबद्ध भइसकेको वरिष्ठ वैज्ञानिक कुँवरले बताए ।
मूल संस्था मेक्सिकोमा रहेपनि त्यसको दक्षिण एसिया हेर्ने संस्था काठमाडाँैमा रहेकाले आवश्यक प्राविधिक सहयोग उपलब्ध हुँदै आएको छ । कृषकले समूहमा लगाउँदा सुरुमा ७५ प्रतिशतसम्म मकै बीउ अनुदानमा पाउने र प्राविधिक सहयोग दिइने पछि विस्तारै अनुदान कटौती गरेर शून्यमा पु¥याइने गरिएको छ ।
यो कार्यक्रम चितवनलगायत अछाम, डोटी, डडेलधुरा, ताप्लेजुङ, खोटाङ, दैलेख, कास्की, काभ्रे, धनकुटालगायत क्षेत्रमा लागू गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २५, २०७०