बिहिबार, बैशाख १३, २०८१

गहुँ खेती घट्यो

झापा, २३ मंसिर । धान थन्क्याउने काम सकिएपछि नयाँ खेतीका लागि जुटेका झापाका किसानहरु अहिले विभिन्न बाली लगाउने तयारी गरिरहँदा गहुँवाली लगाउने कार्य भने घटेको छ । भmापा जिल्लामा सिँचाइको सुविधा पुगेको क्षेत्रमा किसान गँहुबालीका लागि खेत तयार गर्दै गहुँको बीउ छर्ने कार्य गरिरहेका छन् । झापामा यतिखेर ७५ प्रतिशत गहुँ छर्ने काम सम्पन्न भईसकेको छ भने मंसिर मसान्तसम्ममा गहुँको बीउ छर्ने कार्य सम्पन्न हुने जिल्ला कृषि विकास कार्यालयले झापाले जनाएको छ ।

ganhuआव ०६७÷०६८ मा झापाली किसानले ११ हजार ५०० हेक्टरमा गहुँकोखेती गरेकामा आव ०६८÷०६९ मा सातहजार ५०० हेक्टरमा झरेको छ समेत कृषि कार्यालयले जनाएो छ । गहुँखेतीमा बढी मिहेनत गरे पनि समयमा सिँचाइ, स्तरीय बीउका साथै मौसमले साथ नदिएका खण्डमा त्यति उत्पादन हुने सम्भावना नदेखेपछि किसान व्यावसायिक रूपमा गहुँकोखेती कम मात्रामा गर्न थालेको देखिन्छ ।
गहुँबालीको खेती घट्दै गइरहेका कारणले गत वर्षको तुलनामा रासायनिक मलको माग करिब ५० प्रतिशतको हाराहारीमा घट्ने समेत जिल्ला कृषि विकास कार्यालयको दावी छ ।

प्रकाशित मिति: सोमवार, मंसिर २४, २०७०