बुधबार, बैशाख १२, २०८१

उखुको मूल्य नबढ्ने संकेत

काठमाडौं २१ मंसिर। उखु उत्पादक संघ र चिनी उद्यमीवीच भएको बार्ता विफल भएको छ । उखु उत्पादक संघले महंगी चर्कदै गएपछि विगतको बर्षभन्दा यस बर्ष उखुको मूल्य बढाउने माग गरेकोमा चिनी उद्यमीहरुले उक्त माग सम्वोधन नगरी अस्वीकार गरी पछि विवाद शुरु भएको थियो ।
चिनीको मूल्य घटेकाले गत बर्षको तुलनामा यस बर्ष मूल्य बृद्धि गर्न नसक्ने उद्यमीहरुले बताएपछि दुई पक्ष वीचको वार्ता विफल भएको हो । तर किसानहरुले भने गत बर्षको तुलनामा केही हदमा भएपनि उखुको माग बढ्नु पर्ने तर्क राखेका छन् । तर चिनी उद्यमीले गतबर्ष उपलब्ध गराएको मूल्य नै घटाउने अडान राखेका छन् । ukhu
उखुको मूल्य माग गर्ने विषयमा किसानहरुको तर्फबाट उखु उत्पादक संघले नेतृत्व लिएको छ । संघले विगतको तुलनामा १० प्रतिशत उखुको मूल्य बढ्नु पर्ने भनाईलाई अडान र चिनी उद्यमीले घटाउनु पर्ने अडान राखेपछि वार्ता विफल भएको हो ।
उखु उत्पादन संघ र चिनी उद्यमीवीच काठमाडौंमा भएको वार्ता विफल भएपछि अव उखुको मूल्य नबढ्ने स्पष्ट देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७०