शुक्रबार, बैशाख ७, २०८१

गहुँको बीउमा चलखेल, मन्त्रालय मौन

काठमाडौं । केही समय अगाडिदेखि तराई क्षेत्रमा देखिएको गहुँ बीउको अभाव यतिखेर सम्म नै कायम रहेको छ । विशेष गरी सरकारले अनुदानमा उपलब्ध गराएको गहुँ वीउ उन्नत जातको भएकै कारण भारतीय किसानहरु नेपाली गहुँको वीउ प्रति आकर्षित भएका कारण स्मिा क्षेत्रका किसानहरुले माग बढी र मूलय बढी दिएपछि नेपाल सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको गहुँको वीउ भारततिर तस्करी भईरहेको छ ।Seed compnani jpg
प्रति बेरा १५ सय तोकिएको गहुँको बीउमामा कालाबजारीकरण हुन थालेका कारण यस्तो भएको सप्तरीका किसानहरुले बताएका छन्। बीउ भारत निकासी गर्नमा तस्करीहरुको हात रहेको र बीउ विक्री वितरणको जिम्म लिएको राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड लिमिटेडक कर्मचारीहरुको मिलेमतोमा रकम पचाउनककै लागि अनुदानको बीउ तस्करी गरिएको बताइएको छ । ्
राष्ट्रिय बीउ विजन कम्पनीका निमित्र प्रमुख ननु झा यस विषयमा बेल्न चाहँदैन । हुन त यस अगािड पनि विवादमा आएका ननु झाले मन्त्रालयले दिएको निर्देशन टेर्ने पर्ने छ र भन्ने प्रतिप्रश्न समेत गरेका थिए । गहुँको बीउ सहज रुपमा वितरण गर्नका लागि मन्त्रालयले कडाईका साथ अनुगमन गर्ने बताएको छ । अनुदानको गहुँको बीउ वितरणमा भएको यो तस्करीलाई रकमको चलखेल भएको आरोप समेत लाग्न थालेको छ.

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७०