शनिबार, फाल्गुन १२, २०८०

अब हामीले कृषि नीति पुनरावोलोकन गर्ने बेला आएको छ

if

लीलाराम पौडेल
महानिर्देशक, कृषि विभाग
० नेपालमा कृषिको अवस्थाको बारेमा केही बताइदिनुहुन्छ कि ?
कृषि विभाग भनेको नेपाली जनताले खान पाउनुपर्छ भन्ने जिम्म लिएको विभाग हो । त्यसैले यसको मुख्य उद्देश्य भनेको खाद्य सुरक्षा गर्ने र उत्पादनलाई वृद्धि गर्ने नै हो । चालु आर्थिक वर्षमा जुन उत्पादन भएको छ त्यसले लगभग नेपालका जानतालाई खाद्यान्न पुग्ने अवस्था छ । तर पनि कृषिमा गर्ने कामहरुको विषयमा पनि हामी हाल आत्मनिर्भरतामा पुगेका छौं । तर, त्यसमा बिक्रि वितरणमा भने केही सुधार ल्याउनु पर्ने देखिन्छ । समग्रमा हेर्दा कृषिको जुन उत्पादनको उत्पादकत्व छ त्यसलाई हामीले अन्य देशको तुलनामा वृद्धि गर्न नसके पनि नेपालको सन्दर्भमा हेर्दाखेरी अहिले यहाँको जनसंख्याको तुलनामा लगभग पुग्ने अवस्था देखिन्छ । तर, वातावरण तथा जलवायुको दृष्टिले स्तिथि तल माथि हुने कुरा भने भिन्नै होला ।
० त्यसो भए नेपालमा खाद्यान्न विदेशबाट भित्र्याउनु पर्छ किन भनिएको होला ?
यस्ता कुराहरू बेलाबेलामा हुने गर्छन् । ती कुराहरूलाई पनि एकदमै नकार्न सकिदैन । यसका मुख्य चार कारणहरू छन् । खाद्यान्नको उत्पादनको अवस्था पहिलो । बिक्रि वितरण प्रकृया दोस्रो । त्यसको दिगोपना र मानिसको खाने बानी के छ यी चारवटा कुरामा भर पर्दाखेरी हामीकहाँ जनसंख्याको आधारमा उत्पादन छ तर, उत्पादन भएका वस्तुहरू कतिपय कुराहरू सम्बन्धित ठाउँमा पु¥याउन सकिरहेका छैनौं । विक्रि वितरण र पहुँचका कुराहरूमा पनि भर पर्छ । जस्तै कुनै जिल्लामा त्यहाँ पुग्ने खाद्यान्न उत्पादन हुन्छ तर, पनि त्यहाँ खाद्यान्न पुगिरहेको हुँदैन । हामीकहाँ यस्तो जनसंख्या लगभग पच्चीस प्रतिशत यस्ता छन् । उनको क्रय शक्ति हुँदैन । खाद्यान्न हुँदाहुँदै पनि उनिहरूमा पुग्न सकिरहेको हुँदैन । यसले गाह्रो के भइदिन्छ भने खाद्यान्न सन्तुलित मात्रामा हुँदाहुँदै पनि पुगिरहेको अवस्था देखिँदैन भने अर्कातिर भारत नेपालको खुला सिमाना भएका कारणले कतिपय कुराहरूमा सरकारी तरीकाबाट नभएर व्यक्तिगत तरीकामा खाद्यान्न वस्तुहरू आउने गर्छ । त्यसले गर्दा यताबाट भारत गएका र भारतबाट नेपाल भित्रेका वस्तुहरूको कुनै सरकारी तथ्याङ्क हुँदैन ।
० नेपाल सरकारले विगत वर्षहरूको भन्दा यो वर्ष कृषि बजेटमा बढोत्तरी गरेको छ तर बजेट बढाए पनि बजारसँगसँगै नयाँ योजनाहरू पनि बनाएको छ कि पुरानै योजनामा अहिले पनि निर्भर छ ?
बजेटको प्रश्न आउँदा मैले केही तथ्याङ्क यहाँ भन्नु उचित होलाजस्तो लाग्छ । विगतको वर्ष र यो वर्षको तुलना गर्दा गत वर्ष हामीले जम्मा चार अर्व दुई करोड र त्रिचालिस लाख पाएका थियौं भने यो आर्थिक वर्षमा कृषि विभागले पाँच अर्ब उनासी कारोड तीन लाख बयासी हजार बजेट पाएका छौं । गत वर्षको तुलनामा लगभग त्रिचालीस दशमवब आठ प्रतिशतले बजेटमा वृद्धि भएको छ । यो वृद्धि भएको बजेटमा हामीले कृषिमा नयाँ कार्यक्रमहरू गरीरहेका छौं । जस्तै विशेष गरेर खाद्य तथा पोषण जस्ता नभइ नहुने कार्यक्रम, युवा लक्षित रोजगार सृजना गर्ने, त्यसमा पनि विशेष गरेर महुरी, च्याउ उत्पादन जस्ता कार्यमा प्रपोजलद्वारा विभिन्न आयोजनाहरू मार्फत दिने कार्यक्रम गरीरहका छौं । अर्को कृषिलाई व्यवसायीकरण गरेर जाने क्रममा बजारहरूका पूर्वाधारका विकासहरू गर्ने कार्यक्रमहरू पनि त्यसमा गरीरहेका छौं ।
० सरकारले कृषिमा व्यवसायीकरणका कुरा गरे पनि वास्तवमा व्यवसायीकरण हुन नसकिरहेको अवस्था छ भन्न खोज्नु भएको हो ?
कृषिमा व्यवसायीकरण भनेको बायोलोजिक साइन्स होइन । एकैचोटी आजको भोलि त्यसको प्रतिफल हामी देख्न सक्तैनौं । यदि कुनै फलको बिरूवा हामी आज लगाउछौं भने त्यसको प्रतिफलका लागि हामीले पाँच सात वर्षसम्म प्रतिक्षा गर्नै पर्ने हुन्छ । त्यसको प्रतिफल आजको भोलि हुँदैन । यो हामीलाइ थाहा भएकै कुरा हो । यस विषयमा कृषि मन्त्रालय र कृषि विभाग अहिले चनाखो भएको छ । कुनै वस्तु विदेशबाट आयात भइरहेका छन् भने ती वस्तुलाई प्रतिस्थापन गर्नका लागि हामी विभिन्न कार्यक्रमहरू सञ्चालन गरीरहेका छौं । त्यसकारण विगतमा जुन आयात हुने दर थियो त्यो दरमा अहिले धेरै कमी आएको छ ।
० विभिन्न आयोजनाहरू स्थापनापछि उत्पादन बढ्यो तर त्यसलाई व्यवस्थित बजारीकरण गर्न सकिएको अवस्था छैन भनिन्छ, हो ?
त्यही कारणले गर्दा बजारको व्यवस्थापन गर्न त्यसका लागि पूर्वाधारहरू तयार गर्ने कार्यक्रमहरू भइरहेका छन् । खुद्रा र चौर बजारहरू जुन छन् । यीनलाइ पनि व्यवस्थित गर्दै जाने विषयमा कृषि विभागको बजार व्यवस्थापन निर्देशनालय रहेको छ । त्यहाँबाट त्यसका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । साथै कृषि विभागअन्र्तगतका विभिन्न आयोजनाहरू र विभिगहरू छन् उनीहरूबाट पनि यस विषयमा कार्यक्रमहरू सुचारू भइ नै रहेका छन् । विशेष गरेर किसानहरूका उत्पादन वस्तुहरूलाई बजारमा पु¥याउनका लागि बजारमा पहुँच हुनुका साथै सरकारी क्षेत्रबाट ती बजारमा पहुँच भएका क्षेत्रहरूमा सप्लीमेन्ट गरी दिँदा के हुँदो रहेछ भने किसानको उत्पादनको लगानी घट्न जाने रहेछ । त्यसकारण किसानलाई पहुँच होस् भनेर हामीहरूले विशेष गरेर बजारकै कार्यक्रमहरू विभिन्न आयोजना मार्फत पनि सञ्चालन गरीरहेका छौं ।
० नेपालका युवा पुस्तालाई नेपालको कृषि क्षेत्रमा आकर्र्षित गर्ने भनेर नेपाल सरकारले धेरै कुराहरू गरेको देखिन्छ तर युवाहरू विदेशीने क्रम घटेको छैन किन होला ?
नेपाली युवा पुस्तालाई हामीले कृषिमा आकर्र्षित गर्न नसक्नु भनेको नेपालका लागि ठूलो दुर्भाग्य हो । यसको कारण भनेको वास्तवमा नेपाल सरकारले त्यसका लागि जुन प्रकारका कार्यक्रमहरू अवलम्बन गर्नुपर्ने हो अथवा अहिलेसम्म अवलम्बन गरेको छ त्यसमा अझ बढी लक्षीत गर्नु आवश्यक छ । विदेशबाट सीप सिकेर कतिपय युवाहरू हामीकहाँ आइरहेका हुन्छन् उनिहरूलाई लक्षीत अनुदानको व्यवस्था हुनु आवश्यक देखिन्छ । अर्को कुरा वास्तवमा कृषिलाई चाहिने आधारहरू सबै स्वयं कृषि मन्त्रालयमा पनि छैनन् । जस्तै सिंचाई, ऋण र भूमि कृषिका लागि अतिआवश्यक नभै नहुने विषयहरू हुन् । ती सबै विषयका मन्त्रालय र विभागहरू भिन्ना भिन्नै रहेका छन् । त्यसैले कतिपय विषय र कुराहरू हामी आफैं समन्वय गर्न सकिरहेका हुँदैनौं । यस्ता विषयलगायत यावत कुराहरू सबैको सहज, सरल पहुँच हुने खालका राष्ट्रिय नीति आयो भने युवाहरूलाई आकर्षण गर्न संभव हुन सक्छ जस्तो लाग्छ ।
० सरकारी नीति बन्ने तर नीति कार्यान्वयन हमेशा फितले हुने गरेको देखिन्छ नि किन होला ?
जुन नीतिहरू बन्दछन् ती नीतिहरूलाई कार्यान्वयन गर्न ठोस निर्णय सहित सरकार कटीवद्ध हुनुपर्छ । कृषि विभिगको महानिर्देशकको रूपमा भन्नु पर्दा कृषिमा जुन नीति बनेका छन् ती नीति कार्यान्वयन गर्न कृषि विभाग सदा कटीवद्ध रहेको छ ।
० कृषि विकासका नारा धेरै भए तर कृषिमा विकास हुन सकेको छैन । नेपालको कृषि विकासका सम्स्या के छन् ?
नेपाल सरकारले कृषि विकासको नारा त दियो तर अहिलेसम्मे नीतिहरू सबै साना किसानहरूलाई मात्र सहयोग गर्ने खालका बनेका छन् । तर, हामीले सोच के राखेका छौं भने व्यवसायिक कृषिको । नीति छ साना किसानरूलाई मात्र सहयोग मिल्ने । त्यसो भएको हुँदा कता कता तालमेल नमिलेको हो की जस्तो पनि लागिरहेको छ । त्यसैले अब हामीले कृषि नीति पुनरावोलोकन गर्ने बेला आएको छ । साना किसानहरूलाई पनि सहयोग हुनुप¥यो र साथै जो किसान व्यवसायिक तरिकाले अगाडि आउँछन् उनीहरूका लागि व्यवसायिक तरिकाले अगाडि आउने खालका नीति कार्यक्रमहरू नेपाल सरकारले ल्याउनु जरूरी देखिन्छ । यदि त्यस्तो हुन सक्यो भने हामी अझ राम्रो ढङ्गले कृषि क्षेत्रमा विकास गर्न सक्छौं ।
० यसको पहल कसले गर्ने त ?
यसका लागि कृषि विभाग र कृषि मन्त्रालयले पहल गर्नु पछ र नेपाल सरकारले नै यस विषयलाई अघाडी बढाउनु पर्छ ।
० नेपालको कृषि व्यवस्थित र मर्यादित बनाउनका लागि किसानहरूले के कस्ता खाले भूमिका निर्वाह गरिदिदा हुन्थ्यो जस्तो लाग्छ ?
नेपालका किसानहरूले कृषि पेशा सबै भन्दा उत्तम पेशा हो भने र कृषिलाई अगाले र अघी बढ्नु पर्ने आवश्यकता छ । प्राविधिहरूका लागि कृषिका विभिन्न निकायहरू तललो तहसम्म उपलब्ध गराइएका छन् । ती निकायहरूबाट किसानहरूले चाहिएको सेवा सुविधा लिन सक्नु हुन्छ ।
० समग्रमा कृषि विकासका लागि कृषि विभागका महानिर्देशकको हैशियतले भन्नु पर्दा के भन्नु हुन्छ ?
कृषि उत्तम व्यवसाय हो । कृषिको उत्पादन बीना हामी बाँच्न नसक्ने अवस्था हो । त्यसैले कृषिलाई उत्तम पेशाको रूपमा लिएर यहाहरू अगाडी बढनुहोस । विगतको निर्वाहमूखि कृषिबाट अघाडी बढेर व्यवसायिक कृष्किा लागि हिम्मत देखाउनुहोस । सरकारी स्तरबाट सेवा र सुविधाहरूका लागि हामीले गर्न र दिन सक्ने सबै खाले कार्यहरूका लागि विभिगबाट दिन हामी सधैं तात्पर रहेका छौ ।

प्रकाशित मिति: सोमवार, मंसिर १७, २०७०