शुक्रबार, बैशाख ७, २०८१

जनकपुरमा दुई करोडको वीउ आयात

जनकपुर । कृषि क्षेत्रलाई व्यवसायीकरण गरिनु पर्ने र किसानहरलाई मल वीउ सहज गराउने सरकारले घोषणा गरेको भएपनि जनकपुरका किसानहरुले पर्याप्त मात्रामा आलुको बीउ नपाएपछि भारतीय आलुको बीउ आयात गर्न वाध्य भएका छन् । सरकारी तवरबाट आलुको वीउ नपाएपछि करिव दुई करोड बराबरको आलुको वीउ आयात गरिएको व्यापारीहरुले बताएका छन् ।
आलु व्यवसायमा थोक र खुद्रा गरी करिब ७० जना व्यापारी संलग्न छन् भने करिब एकहजार मानिस यसको व्यापार गरी प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आएको छन् ।
आलुको बीउ बिक्री हुने मुख्य समय कात्तिक मङ्सिर र पुस रहेकाले सो अवधिमा व्यापारीले भारतको लखनऊ र कानपुरबाट गजरबा र लालगुलाब भन्ने उन्नत जातको आलुको बीउ आयात गरी बिक्री गर्ने गर्न थालिएको छ । तर ती वीउ उन्नत जातको हुन् हो होइनन् भन्ने तर्फ कसैले पनि ध्यान दिन सकेका छैनन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७०