बिहिबार, बैशाख १३, २०८१

युवा लक्षित कृषि कार्यक्रमको तयारी

काठमाडौं । कृषि विकास मन्त्री टेकबहादुर घर्तीले खाद्य सुरक्षा र पोषणका लागि दीगो उत्पादन महत्वपूर्ण भएको भन्दै कृषि उत्पादन बृद्धि गर्नका लागि युवा सहभागीता बढाउनु पर्नेेमा जोड दिएका छन् । ‘खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दीगो सुधार’ भन्ने नारा सहित ३३ औ विश्व खाद्य दिवस मनाउने क्रममा विश्व खाद्य दिवस समितिको आयोजनामा प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै मन्त्री घर्तीले सो कुरा बताएका हुन् ।

नेपाली कृषि क्षेत्रको विकासका लागि अवको कृषि आधुनिकीकरण हुनु पर्ने भन्दै त्यसका लागि यान्त्रिकीकरणमा पनि जोड दिनु पर्ने उनको तर्क थियो । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नका लागि पनि यस आर्थिक बर्षमा १ हजार कृषि व्यवसायीहरुको पहिचान गरी राज्यले सहयोग गर्ने सोच बनाएको बताउँदै मन्त्री घर्तीले रसायनिक मल तथा वीउ विजन अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्तगरेका छन् ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री घर्तीले पोषणयुक्त खाना खान पाउने नैसर्गिक अधिकार आम नागरिकहरुको भएका कारण सम्पूर्ण नागरिकसम्म पोषण युक्त खाना पु¥याउन सरकार कटिबद्ध रहेको समेत बताए । कार्यक्रममा बोल्दै राष्टिूय योजना आयोगका उपाध्यक्ष रविन्द्र कुमार श्रेष्ठले नेपालमा ६४ लाख मानिसहरु खाद्य समस्यामा रहेको बताउँदै सो समस्या समाधान गर्नका लागि कृषक नै जागरुक हुनु पर्ने बताए । कृषि क्षेत्रलाई माथि उकास्नका लागि युवाबर्ग नै लाग्नु पर्ने भन्दै सरकार कृषि र खाद्य सुरक्षा सम्वन्धि नीति र योजना ल्याउँछ तर त्यसलाई व्यवस्थापन गर्न कार्यमा कृषक र कृषि व्यवसायीहरु नै लाग्नु पर्ने समेत उनले बताएका छन् ।

सो कार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले युवा लक्षित कार्यक्रम ल्याउने तयारी सरकारले गरिरहेको खुलासा गर्दै स्वरोजगारका लागि पनि युवाहरुलाई कृषि क्षेत्रमा नै समाहित गराउनु पर्नेमा जोड दिएका छन् । सचिव खनालले गाईबस्तुको विकासका लागि उच्च नश्ल सुधार कार्यक्रमलाई महत्वपूर्ण स्थान दिएको समेत बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७०