शनिबार, बैशाख ८, २०८१

साना किसानको अवस्था र व्यवसायिकतामा चुनौति

yogendraKarkiनेपालमा अत्यधिक संख्यामा रहेको परम्परागत र निर्वाहमुखी कृषिलाई व्यावसायिक तर्फ रुपान्तरण गर्नु पर्ने आवश्यकतालाई दृष्टिगत गर्दै २० वर्षे कृषि रणनीति र राष्टिूय कृषि नीति २०६१ ले निर्दिष्ट गरे अनुसार कृषि क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका निकायहरु विगत डेढ दशक देखि व्यावसायिक कृषिलाई अभिवृद्धि गर्ने कार्यमा प्रयासरत रहँदै आएका छन् । देशको दिगो विकास र गरिबी निवारणमा कृषिको भूमिका विश्व सामु स्पष्ट भइसकेको छ । विश्व बैंकको हालैको प्रतिवेदनले गरिबी निवारणमा अन्य क्षेत्रको दाँजोमा कृषि क्षेत्रको ४ गुना बढि योगदान हुने प्रमाणित भइसकेको छ । तर पनि नेपालले व्यावसायिक कृषि तर्फ खासै फड्को मार्न नसकेको सम्वद्ध सबै क्षेत्रहरुको गुनासो यथावत छ । गाउँहरुबाट ठूला संख्यामा युवाहरु सुगम तथा बढि नाफा मुलक रोजगारीको खोजीमा शहरतर्फ र अन्य विदेशी मुलुक खास गरी खाडी क्षेत्र, कोरिया र मलेसिया जान ठूलो व्याजदरमा ऋण तिर्न वाध्य छन् । कृषिमा महिलाहरुको सहभागिता वृद्धिभई उनीहरुले बहन गर्दैआएको परम्परागत घरायसी काममाथि कृषि तर्फको अतिरिक्त बोझ समेत थपिदै गएको छ । अर्काे तर्फ विदेशिएका युवायुवतीहरु विदेशमा आफू ठगिएको र त्यहाँ कमाएकोभन्दा आफ्नै गाउँ कृषिलाई व्यावसायिक गर्दा खाडी मुलुकमा कमाएको भन्दा बढि कमाउन सकिने महसुस गर्र्दै स्वदेश फर्किने क्रम पनि शुरु भई व्यावसायिक कृषिमा लाग्नेको संख्या पनि उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । यस्तो अवस्थामा व्यावसायिक कृषिमा तीव्रता ल्याउन यस क्षेत्रका चुनौतीहरुलाई सामना गर्न नेपाली कृषकहरुको क्षमता अभिवृद्धि गर्नु पनि नितान्त जरुरी भईसकेको छ ।

व्यावसायिक कृषिको मुख्य चुनौती भनेको नै बजारको माग अनुसारको परिमाण र गुणस्तर को कृषि वस्तु उत्पादन गर्न नसकी वस्तु विक्रीबाट हुने आम्दानी उत्पादन लागत भन्दा कम हुनु हो । कुनै पनि सचेत व्यक्ति कुनै त्यस्तो वस्तुको उत्पादन तथा बिक्रीमा सहभागी हुँदैन जब त्यसबाट उसलाई प्रत्यक्ष नोक्सानी हुन्छ । अर्काेतर्फ कृषि यस्तो व्यवसाय हो जसमा प्राकृतिक तथा जलवायु सम्बन्धी कारणहरुबाट जोखिम उच्च रहेको हुन्छ । उत्पादन तथा बिक्री सम्बन्धि जोखिमहरुलाई न्यूनिकरण गर्दै उत्पादन लागत घटाई बजारको माग अनुसारको परिमाण र गुणस्तरका वस्तु उत्पादन गर्न गराउन उपयुक्त पूर्वाधारको अभाव र प्रयाप्त लगानी नहुनु हाम्रो समस्या हो । बजारको माग राम्ररी अध्ययन गरी त्यसलाई सही विश्लेषण गर्दै उत्पादन र विक्री वितरणमा तालमेल मिलाई तुलनात्मक लाभ भएका वस्तुहरुको उत्पादन गर्न नसक्नु, उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसक्नु, आफ्नो गुणस्तर युक्त उत्पादनलाई समेत देश तथा विदेशका उपभोक्ताहरुलाई विश्वस्त पार्न आवश्यक प्रविधि, ज्ञान र सीप हामीसँग आवश्यकता अनुसार उपलब्ध नहुनु, भूमिको खण्डीकरण हुनु, कृषि ऋणको सहजीकरण नहुनु, कृषि यान्त्रिकीकरणको कमि हुनु आदि व्यावसायिक कृषिका चुनौतीहरु हुन् । बढ्दो अन्तर्राष्टिूयकरण तथा खुला बजारको वर्तमान अवस्थामा नेपाली उत्पादनले छिमेकी मुलुकहरुको उत्पादनसँग परिमाणात्मक प्रतिस्पर्धा गर्न नसकेपनि गुणस्तरको हिसाबले प्रतिस्पर्धा गर्न सक्नु पर्दछ ।

नेपालको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान उच्च रहेको र नेपालका दुई करोड छैसी लाख मध्ये ८० प्रतिशत भन्दा बढी आम नेपालको आय तथा रोजगारी कृषि क्षेत्रबाट मात्र प्राप्त हुने भएकोले यस क्षेत्रको व्यावसायिकरण हुनु नितान्त जरुरी छ । अतः यस क्षेत्रको विकासको लागि ६० प्रतिशतभन्दा बढी आधा हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्ने साना कृषकहरु भएको हाम्रो जस्तो मुलुकमा उनीहरुलाई केन्दविन्दुमा नराखी कुनै कृषिका कार्यक्रम वा आयोजना÷उपआयोजना सञ्चालन गरे÷गराए कृषि व्यावसायिकरणमा तीव्रता आउन नसकी कृषि क्षेत्रको अपेक्षित विकास हुनै सक्दैन । तसर्थ साना कृषकहरु र साना कृषक समुहको हितलाई प्रवद्र्धन गर्ने कृषिका कार्यक्रम संचालन गरे मात्र यस क्षेत्रको विकास हुनेमा आशावादी बन्न सकिन्छ ।

यसै परिपे्रक्ष्यमा, विश्व बंैकको सहयोगमा नेपाल सरकार, कृषि विकास मन्त्रालयद्वारा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनाको मुख्य उद्देश्य नै साना कृषकहरुको क्षमता अभिवृद्धि गर्नु रहेको छ । यो आयोजनाले साना कृषकहरु तथा साना कृषक समुहको हकहितलाई मूल्य श्रृंखलाको माध्यमद्वारा क्षमता अभिबृद्धि गर्दै आएको छ । विगत तीन वर्षको अवधिमा २५३ वटा कृषिको व्यावसायिकरण गर्ने हेतुका साथ विभिन्न बाली÷बस्तुमा आधारित उप आयोजनाहरु कार्यन्वयनमा आएका छन् । यसरी कार्यान्वयनमा आएका उप आयोजना मध्ये उपलब्ध गराएको पुरक अनुदानलाई हेर्दा सहकारी संस्थालाई सबैभन्दा बढी ४९ प्रतिशत, कृषक समूह तथा संगठनलाई २९ प्रतिशत र निजी फर्म÷कम्पनीलाई २२ प्रतिशत रहेको छ ।

यो आयोजना साना कृषक समूहहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यसको लागि प्राप्त नतिजा र प्रतिफललाई तीन वटा परिसूचकहरु (उत्पादन, उत्पादकत्व र बिक्री) बाट माप गरिन्छ । उत्पादन र उत्पादकत्व नबढाई क्षेत्रफल वा संख्याबाट मात्र पनि वृद्धि गर्न सकिन्छ तर उत्पादकत्व बढेन भने उत्पादन खर्च बढ्नुको साथै त्यो दिगो हुन सक्दैन । उत्पादन र उत्पादकत्व बढ्दैमा बिक्रीको लागि बजारमा आउन सकेन भने त्यसको कुनै औचित्य नरहने मात्र होइन त्यो दिगो पनि हुँदैन र बालुवामा पानी खनाए जस्तो हुन्छ । तसर्थ यस आयोजनाले व्यावसायिक कृषिका प्रमुख चुनौतिहरुलाई सामना गर्दै यसको डिजाइनले मूल्य श्रृंखलाका सबै पात्रहरुको सहभागीता अभिबृद्धि गर्दै देशको आवश्यकतालाई सही ढंगबाट प्रतिविम्वित गरेको छ ।

हाल २५ जिल्लामा संचालित २५३ उपआयोजनाहरु मध्ये २०१ उप आयोजनाहरु भर्खरै यसै आर्थिक वर्ष २०६९ श्रावणबाट मात्र शुरु भएका हुन् भने ५२ उप आयोजना सञ्चालनमा आएको एकवर्ष मात्र भएको छ । तर उपलब्धि ज्यादै उत्साहजनक रुपमा आउन थालेको छ । यी ५२ उप आयोजनामध्ये ४० वटा भन्दा बढी उप आयोजनाहरु ज्यादै सन्तोषजनक रुपमा सञ्चालन भईरहेका छन् र बाँकीलाई पनि यसै हाराहारीमा ल्याउन आयोजना र आयोजनामा आवद्ध कर्मचारी तथा विज्ञहरु प्रयत्नशील रहेको छन् । यस आयोजनाको तीन वर्ष अवधि बाँकी रहँदैमा विश्व बैंकले यसकोे मध्यावधि मूल्याकंन गरी हाल उपलब्ध गराएको २० मिलियन युएस डलर (करिब नेपाली रुपैया डेढ अरब) बाट ४० मिलियन युएस डलर (करिब नेपाली रुपैयाँ ३ अरब) थप्न दातृ संस्था विश्व बैंक अग्रसर देखिएको छ । यसमा नेपाल सरकारले विशेष पहल गरी ‘फाइनान्सियल नेगोसियसन’ समेत भै सकेको छ । यो संचालित आयोजना सफल भयो भने देशमा कृषिले ठूलो फड्को मारी सही रोजगारीको लागि भड्की रहेका लाखौं नेपाली यूवाहरुलाई व्यावसायिक कृषितर्फ सहभागी गराई देशको दिगो विकास तथा गरिबी निवारणमा ठूलो योगदान पुग्ने देखिन्छ । उदाहरणको लागि यस आयोजनाको उपलब्धि त

यसै आयोजनाको अनुदान सहयोगमा ललितपुरको लुभुमा सञ्चालित व्यावसायिक तरकारी खेतीमा संलग्न एक महिला कृषकले उत्साहित हुँदै व्यक्त गरेको यो भनाईबाट निष्कर्ष निकाल्न सकिन्छ । हाम्रा श्रीमानहरु हिजोपनि, आज पनि महिनामा एक पटक ८÷१० हजार सम्म त आम्दानी गरी ल्याउने हुन नी, हामीहरुको हिजो त आम्दानी शुन्य थियो, आज व्यवसायिक तरकारि खेतिमा लागेपछि दिनदिनै ४÷५ हजार भन्दा बढि घर भित्र्याउने गरेका छौं।

विश्व बैंकले सदासयताका साथ उपलब्ध गराएको यो सहयोग यस आयोजनासँग सम्बन्धि सम्पूर्ण कृषकहरु, व्यापारी, सहकारी तथा अन्य सरोकारवालाहरुको मेहनत र उपलब्धीको फल हो र यसमा यो आयोजनासँग सम्बन्धित कर्मचारी, विज्ञहरु, सरकारी तथा गैर सरकारी निकायहरुको प्रयास, पारदर्शिता तथा सक्षमता समेत समावेश छ । यसबाट यस आयोजनामा अरु चुनौतीहरु थपिएका छन् । यसले हाल प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै थप उपलब्धीहरु हासिल गरी दिगो तुल्याउनुको साथै कार्यरत कर्मचारीहरुलाई अझै थप प्रयास गर्न अभिप्रेरित गर्नु परेको छ । आयोजना सफल वा असफल आफैं हुँदैनन् । यसलाई बनाउने भत्काउने यसमा कार्यरत समवद्ध व्यक्तित्व र निकाय नै हो । यस तर्फ सिंगो आयोजना सचेत रही तिव्रताका साथ जिम्मेवारपूर्वक कार्य गर्नेछ भन्ने समस्त कृषकहरुको आशा र विश्वास छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७०