शुक्रबार, चैत्र १६, २०८०

रैथाने बीउ तथा बाली लोप हुँदै

बैतडी, ७ माघ । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।
उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने, “पहिलापहिला गाउँघरमा पाइने बीउ आजभोलि पाइनै मुस्किल हुने गरेको छ ।”

उन्नत जातका बीउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले पनि उत्पादनमा समस्या आइरहेको कृषि प्राविधिकले बताएका छन् । पुरानो बीउमा रोगकीरासँग लड्ने क्षमतासमेत रहेकाले उत्पादन राम्रो हुने र हावापानीसँग मिल्ने भएकाले उन्नतजातको भन्दा स्थानीय बीउ राम्रो भएको कृषि प्राविधिक सागर भट्टले बताए ।

प्रकाशित मिति: आइतवार, माघ ७, २०७४