मङ्लबार, बैशाख ४, २०८१

महिला भएकै कारण शवनमलाई निमित्त सचिव नबनाउने षडयन्त्र गर्दै

काठमाडौं, माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वव जीसीको राजीनामा स्वीकृत भएसँग फागुन १ गतेदेखि मन्त्रालयमा कृषि सेवा तर्फ सचिवको पद रिक्त हुँदैछ । रिक्त पदमा मन्त्रालयमा कार्यरत सहसचिव मध्ये वरिष्ठताका आधारमा सहसचिव शवनम सिवाकोटीले मन्त्रालयमा कृषि सेवा तर्फ निमित्त सचिवका रुपमा कार्य सम्हाल्नु पर्ने हो तर सिवाकोटीलाई निमित्त सचिव बन्न नदिन षडयन्त्र रच्न थालिएको छ ।

कृषि विकास मन्त्रालयको इतिहास हेर्ने हो भने महिला सहसचिवलाई जिम्मेवारी दिने गरेको कमै पाईन्छ । अझ मन्त्रालयमा महिला सहसचिव ल्याउने भन्ने कुरा त निकै टाढाको कुरा थियो र अहिले पनि करीव त्यस्तै अवस्था छ ।

कृषि विभागमा बल्ल बल्ल महानिर्देशकमा महिलाले नेतृत्व सम्हाल्न पाएको अवस्था छ । धन्न अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिवको भूमिका निर्वाह गरिरहेकी छिन् शवनम सिवाकोटीले ।

यस अघि मन्त्रालयको सहसचिवमा महिलाहरुलाई ल्याउने गरिएकै थिएन अर्थात पुरुष सहसचिवकै दवदवा थियो जुन अहिले तोडिएको छ । तर अव कृषि विकास मन्त्रालयले चाहे भने निमित्त सचिवका रुपमा पहिलो पटक महिला सहसचिवले जिम्मेवारी पाउने देखिएको छ । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेका सहसचिवहरु मध्ये वरिष्ठ सहसचिवका रुपमा शवनम सिवाकोटी रहेकी छिन् ।

सचिव युवकध्वज जिसीले माघ २९ गतेबाट विदा भए लगतै मन्त्रालयको कृषि सेवा तर्फ निमित्त सचिवका रुपमा सिवाकोटीलाई जिम्मेवारी दिनु पर्ने भएपनि केही व्यक्तिहरु शवनमलाई जिम्मेवारी दिनु भन्दा पशु सेवा तर्फका सचिव प्रकाश माथेमाबाट नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय चलाउने पर्ने अभियानमा जुटेको देखिन्छ ।

यस अघि मन्त्रालयको सहसचिवमा महिलाहरुलाई ल्याउने गरिएकै थिएन अर्थात पुरुष सहसचिवकै दवदवा थियो जुन अहिले तोडिएको छ । तर अव कृषि विकास मन्त्रीले चाहे भने निमित्त सचिवका रुपमा पहिलो पटक महिला सहसचिवले जिम्मेवारी पाउने देखिएको छ । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेका सहसचिवहरु मध्ये वरिष्ठ सहसचिवका रुपमा शवनम सिवाकोटी रहेकी छिन् ।

सचिव युवकध्वज जिसीले माघ २९ गतेबाट विदा भए लगतै मन्त्रालयको कृषि सेवा तर्फ निमित्त सचिवका रुपमा सिवाकोटीलाई जिम्मेवारी दिनु पर्ने भएपनि केही व्यक्तिहरु शवनमलाई जिम्मेवारी दिनु भन्दा पशु सेवा तर्फका सचिव प्रकाश माथेमाबाट नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय चलाउने पर्ने अभियानमा जुटेको देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २८, २०७६