शुक्रबार, बैशाख ७, २०८१

भ्रष्टाचारको आरोपमा कफी विकास बोर्डका रघुपति चौधरीलाई मुद्दा दायर

काठमाडौँ, भाद्र । किसानहरुलाई उपलब्ध गराउने अनुदानमा आर्थिक अनियमिता हुने गरेको घटना कृषि क्षेत्रमाा नयाँ विषय होइन । तर चिया तथा कफीका विरुवामा पनि भ्रष्टाचार हुने गरेको प्रसग कृषि अनलाईनले विगतमा प्रकाशन पनि गर्दै आईरहको हो । चिया तथा कफी विकास बोर्डमा हुने गरेको अनियमित कार्यका लागि कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुकै मिलेमतोमा ढाकछोप हुँदै आईरहेको देखिन्छ ।
तर झुठ जति नै लुकाएपनि एक दिन पर्दाफास हुन्छ भने झै अख्तियार दुरुपयोग अनुसन्धान आयोग राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गराएपछि अझ छर्लङ्ग भएको छ ।
अख्तियारले चौधरी विरुद्ध ६३ हजार ५सय ७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
कोइरालाका अनुसार चौधरीले वार्षिक कार्यक्रमबमोजिम कफी खेतीको प्रवद्र्धनका लागि कृषकलाई उपलब्ध गराउने सामग्री खरीदमा अनियमित गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारले तत्कालीन कार्यालय प्रमुख चौधरीलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ७ बमोजिम बिगोसहित मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७६