शुक्रबार, बैशाख ७, २०८१

बंगुरमा अफ्रिकन स्वाइन फ्लू देखा परेपछि कोरियामा त्रास

कोरिया, असोज । दक्षिण कोरियामा मासु उपभोग प्रयोजनका लागि पालिएका बंगुरमा अफ्रिकन स्वाईन फ्लू देखिएपछि मासु व्यवसायी तथा श्रमिकहरुमा समेत त्रास बढेको छ ।

गत मंगलबार कोरियाको फाजु स्थित एक बंगुर फार्ममा बंगुर मर्न थालेपछि स्वाईफ्लुको आशंका गरिएको थियो । फार्ममा परेका ५ वटा बंगुरको परिक्षण गर्दा स्वाइन फ्लुको पुष्टि भएपछि अहिले सो क्षेत्रमा त्रासको वातावरण देखिएको छ ।

बंगुरमा स्वाइन फ्लुको पुष्टि भएसँगै बंगुर पालन गरिएका क्षेत्रमा बंगुर ओसार पसार तथा बंगुरको मासु बेचविखनमा कडा निगरानी गरिएको बताइएको छ ।

फाजुको बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लू देखिएसँग नजिकैका इन्छन, किम्पो लगायतका स्थानहरुका बंगुरमा फार्ममा पनि अफ्रिकन स्वाइन फ्लू देखा परेको छ ।
अफ्रिकन स्वाइन फ्लू रोगले थप महामारी लिन थालेपनि सरकारले बंगुर फार्म भित्र र बाहिर निस्कने गाडी तथा त्यहाँ कार्यरत श्रमिकहरुमाथि पनि थप कडाई गरिरहेको छ ।

अफ्रिकन स्वाइन फ्लूकै कारण कोरियामा यखिखेर त्रासको वातावरण सृजना भएको देखिन्छ । जसका कारण सरकारले विदेशबाट आयात हुने बंगुर तथा मासुजन्य पदार्थमा थप कडाई गरेको छ ।

कोरियामा सवैभन्दा बढी बंगुरको मासु खपत हुने गर्दछ । अधिकांश जनताले बंगुरको मासु प्रयोग गर्ने भएकाले पनि त्यहाँ बंगुरको व्यापारले उच्च स्थान नै पाएको छ । स्वस्थ र स्वच्छ बंगुरको मासु उत्पादन र विक्री वितरणमा अग्रस्थान ओगटेको कोरियामा अफ्रिकन स्वाइन फ्लूका कारण संकट पैदा गरेको छ ।

कोरियामा साना ठूला गरी करीव ८ हजार ६ सय बंगुर फार्महरु सञ्चालनमा रहेको छन् ।

प्रकाशित मिति: शनिबार, अशोज ११, २०७६