शुक्रबार, चैत्र १६, २०८०

बंगलादेशबाट मल नआउने भएपछि कारखाना खोल्ने भन्दै सिंहदरबारमा वैठक

काठमाडौं । बंगलादेशबाट रासायनिम मल खरिद गरी ल्याउने करीव एक महिना अघि राष्ट्रिय सभाका अध्यक्ष सहित कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु बंगलादेश पुगे । २१ दिन भित्र मल स्वदेशमा आइपुग्ने भन्दै तामझाम र चर्चा परिचर्चा गरिएपछि बंगलादेशबाट रासायनिक मल नआउने भए पछि किसान झुक्याउँदै सत्तामा आसिन कृषि मन्त्री लगायतका उच्च अघिकारीहरु स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि गर्ने भन्दै सिंहदरबारमा वैठक बस्न थालेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरू सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको गर्ने भन्दै वैठक शुरु भएको छ । यस अघि पनि लगानी बोर्डको संयोजनमा रासायनिक मल कारखाना स्थापना गर्न भन्दै सम्भाव्यता अध्ययन गर्ने टोली समेत गठन भएको थियो ।
यद्यपी लगानी बोर्डले गरेको सम्भाव्यता अध्ययनले कुनै तार्किक निष्कर्ष निकाल्न नसकेर करोडौं रुपैयाँ प्रतिवेदन तयार गर्ने नाममा नै सकिएको थियो ।

अहिले फेरि सिंहदरबारमा वैठक बसि रसायननिक मल कारखाना खोल्ने तयारी भन्दै जनता झुक्याउने काम भएको छ । कृषि विकास मन्त्रालय श्रोतका अनुसार बुधबार सिंहदरबारमा बसेको वैठकले मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल गरिएको थियो । त्यस्तै विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे गरिएको थियो ।

गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्न लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । सरकारले रासायननिक मल अभावलाई सहज बनाउन बंगलादेशसँग पैचोंमा मल ल्याउन हल्ला पिटाइएको थियो । पैचोमा मल नआउने भएपछि खरिद गरेरै मल ल्याउने एक दर्जन सरकारी टोली बंगलादेश पुगेको थियो ।

प्रकाशित मिति: बिहिबार, माघ ८, २०७७