मङ्लबार, बैशाख ४, २०८१

पाँचसय गाई पालिरहेका पौडेललाई सम्मान

काठमाडौं, माघ । नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालन गरेका उद्यमी शशी पौडेले सम्मानित भएका छन् । फोकस नेपाल नामक संस्थाले आयोजना गरेको विशेष कार्यक्रममा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पौडेललाई ताम्रपत्र सहित सम्मान गरेका हुन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा एक दशकदेखि व्यवसायिक रुपमा गाई पालन गर्दै आईरहेको पौडेललाई पशुपालन क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

नेपालमा हालसम्म कै सवैभन्दा ठूलो गाईफार्मका रुपमा पौडेलले सञ्चालन गरेको लुम्विनी एग्रो एण्ड रिसर्च सेण्टर परिचित छ । अमेरिकाको ग्रिन कार्ड त्यागेर रुपन्देहीमा गाई पालन गरिरहेका उनको मार्फमा करीव ५ सय वटा गाई रहेका छन् ।

रोजगारीका लागि विदेश पलायन हुने युवा जमातका लागि पौडेल प्रेरणाका श्रोत समेत बनेका छन् । जसले अमेरिकाको ग्रिनकार्ड त्यागेर नेपालमा गाईपालन गरी देशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । पौडेलले सञ्चालन गरेको फार्ममा हाल १ अर्व बराबरको लगानी देखिन्छ ।

प्रकाशित मिति: आइतवार, माघ २६, २०७६