शुक्रबार, चैत्र १६, २०८०

नीति र कार्यक्रममा अर्गानिक कृषिलाई प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति र कार्यक्रममा अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा अर्गानिक कृषि खेतीका कुरा विगतमा पनि आएकै थिए । तर त्यसको ठोस रुपले कार्यान्वयन हुन सकेको थिएन । यो वर्ष पनि अर्गानिक कृषिका नाममा अनुदान वितरणले प्राथमिकता भने पक्मै पाउने छ । नीति र कार्यक्रममा जे आउँछ त्यसले व्यवहारिक रुपमा कार्यान्वयन भएको पाईँदैन ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७