शुक्रबार, चैत्र १६, २०८०

तरकारी खेतीबाट सफल वन्दै नवलपरासीका किसान

नवलपरासी, साउन । नवलपरासी सुनवलका किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
रोजगारीको खोजीमा हजारौं नेपाली युवा दैनिक रूपमा विदेशिएको बेला पश्चिम नवलपरासीका केही किसानले आफ्नै गाउँमा पनि सामान्य लगानीबाट केही गर्नसकिन्छ भन्ने देखाइदिएका छन् ।
सुनवल नगरपालिका २ मुखिया टोलका किसान एकनारायण सुवेदी, ३ का खड्कबहादुर पुन, ११ का धर्मदत्त तिवारीले गाउँमै व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट लाखौँ रुपियाँ कमाउनु सफल भएको किसानहरूको भनाइ छ ।
पछिल्लो पाँच वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानले व्यावसायिक रूपमा सबै मौसममा विभिन्न प्रकारका तरकारी उत्पादन एवं बिक्री गर्दै आएको सुनवल ३ मुखीया टोलका एकनारायण सुवेदीले बताए । यसरी व्यवसायिक रूपमा तरकारी खेतीलाई नगरपालिका कृृषि शाखाले विभिन्न प्रकारका औजार, बीउ, मल लगायतका सहुलियत दिइएको छ ।
कृषकहरूले व्यावसायिक रूपमा काँक्रा, करेला, घिरौँला, चिचिन्डो, बोडी, लौकालगायतका लहरे बाली, फूलगोवी, पातगोवी, आलु, प्याज, धनियाँ विभिन्न प्रकारका साग, भिन्डी, खुर्सानी, मूलालगायतका विभिन्न प्रकारका मौसमी र बेमौसमी तरकारीको खेती गर्दै आएका छन् ।
मौसमी, बेमौसमी तरकारी खेतीका साथ एउटा बालीभित्र अर्को बाली ९अन्नबाली० तरकारी खेती गर्दै आउनु भएको छ ।
एकजना किसानले वर्षमा न्यूनतम दुई लाख ५० हजार रुपियाँभन्दा बढीको आम्दानी गर्न सफल भएको सुवेदी कृषि फारम सुनवलका सञ्चालक सुवेदीले बताउनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भए पनि उत्पादित तरकारीको सङ्कलन केन्द्रको अभावमा किसानले बिचौलियालाई अत्यन्तै न्युन मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसान सुवेदीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५