शुक्रबार, चैत्र १६, २०८०

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

दाङ्ग, पुस । घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रूपमा चिनिएका छन् । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनँले प्राविधिक रूपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन् ।

उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ । च्याउलाई तरिका पु¥याएर तथा जोगाएर उमार्न अप्ठेरो भए पनि अहिले उनले ग्राहकको मागलाई धान्नका लागि भए पनि मेहनेत गरेर गोब्रे च्याउ खेती गरिरहेका छन् । उनले आफ्नो घर, गोठ, घरछेउमा छाप्राछाप्री बनाएर पनि गोब्रे च्याउको खेती गर्दै आईरहेका छन् । बजारबाट डल्ले च्याउको माग अत्यधिक बढेपछि आफूले सोही च्याउको खेती शुरु गरेको उनी बताउँछन् ।

सामाजिक सञ्जाल चलाउँदै गर्दा सञ्जालमा च्याउ खेतीसम्बन्धी केही भिडियो देखेपछि उनले त्यसलाई खोज्दै गए । च्याउ खेती के कसरी हँुदैरैछ भनी आफँै पत्ता लगाउने प्रयास गरे । च्याउ व्यवसाय गर्न सकिन्छ कि भनेर परिवारको सल्लाहअनुसार काठमाडाँै पुगेर च्याउखेतीको तालीम पनि लिए । उनी भन्छन्, “च्याउसम्बन्धी तालीम लिन जाँदा जिल्लामा च्याउ खानुपर्छ भन्ने सोचसमेत यहाँका बासिन्दामा थिएन ।” उनले आफैँ तालीम लिए । एक्लै खेती शुरु गरे र बेच्न पनि आफैँ गए । त्यसताका २३/२४ वर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जाँदा सबैले खिसी गरेको उनी सुनाउँछन् ।

“यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने भन्दै सबैजसो हाँस्नेहरू भेटिए”, उनी भन्छन्, “निरन्तर बेच्न गएपछि च्याउका छुट्टै उपभोक्ता बने ।” केही यस्ता व्यक्ति पनि भेटिए जसले उनको मन राख्न दैनिक एक पाउ भए पनि च्याउ किनिदिए । एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाले । क्रमशः च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजी हुनथाल्यो, च्याउको बजार पनि बढ्न थाल्यो ।

उनले अहिले दैनिक ४० देखि ६० केजीसम्म च्याउ बिक्री गरिरहेका छन् । उनँले उत्पादन गर्ने गोब्रे (डल्ले) च्याउको मूल्य प्रतिकेजी रु ५०० छ भने कन्ने च्याउ रु २०० मा बेचिरहेका छन् । उनले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७६