बिहिबार, चैत्र १५, २०८०

कृषि सहकारीका नाममा उदेश्य विपरितका काम, किसानहरु लुटिँदै

काठमाडौं । पछिल्ला बर्षहरुमा कृषि सहकारी फस्टाउँदै गईरहेको छ । कृषि सहकारी जुन रुपमा फस्टाउँदै गईरहेको छ सोही रुपमा अनुगमन हुन सकिरहेको छैन । कृषि सहकारी जुन उदेश्य परिपूर्तिका लागि स्थापना भएको छ सोही उदेश्य प्राप्तिका लागि काम गरिरहेका देखिँदैन । जिल्ला जिल्लामा स्थापना भएको कृषि सहकारीलाई डिभिजन सहकारी कार्यलयहरुले पनि वास्तविक रुपमा रुपमा अनुगमन गर्न सकेका छैनन् । त्यसैले पछिल्ला समयहरुमा कृषि सहकारीहरु बचत ऋण सहकारी भन्दा माथि उठ्न सकिरहेका छैनन् ।

कृषि सहकारीका नाममा किसानका सेवा सुविधा उपभोग गर्न ठूला व्यवसायीहरु नै लागिरहेका देखिन्छन् । कृषि सहकारीहरु मापदण्ड विपरित जग्गाको कारोबारमा संलग्न भएका मात्र होइनन कृषिका नाममा आएका ठूला आयोजनाहरुको अनुदान पचाउन पनि प्रयोग भईरहेका छन् । तर ती आयोजनाका अनुदान प्राप्तिका लागि कृषि सहकारी खोल्ने वास्तविक किसान वा कृषक समूह नभएर ठूला व्यापारीहरु नै देखिन्छन् ।

सरकारले कृषि क्षेत्रको विकासका लागि दिइने अनुदान कृषि सहकारी, कृषक समूह मार्फत दिने कतिपय मापदण्ड बनाएको भएपनि ती सोही मापदण्डका लागि कृषि बजेट झ्वाम्म पार्न पल्किएकाहरु कृषि सहकारी मार्फत राज्यको रकम दुरुपयोग गर्ने गरिएको देखिएको छ । सदरमुकाम केन्द्रित अधिकांश कृषि सहकारी टाढाबाढाले नै सञ्चालन गरेको देखिन्छ भने तीनै कृषि सहकारीहरुले जिल्ला कृषि कार्यालयदेखि ठूला आयोजनासम्मले उपलब्ध गराउ“दै आएको अनुदानहरु हात पार्न सफल भएका छन्

कृषि विकासका नाममा उपलब्ध गराएका अनुदान रकमको पारदर्शित ढंगले अनुगमन गर्ने हो भने त्यस्ता अनुदान वास्तविक किसानसम्म पुगेको देखिँदैन । कृषि सहकारीका नामबाट गैर किसानहरुले कब्जा गरिरहेका छन् । पछिल्ला बर्षहरुमा कृषि क्षेत्र पनि माफियाहरुका नियन्त्रणमा पर्न थालेको देखिन्छ । जिल्ला जिल्लामा गएर अनुगमन गर्ने हो भने कतिपयले महिलाका नामबाट पनि कृषिको बजेटलाई दुरुपयोग गरेको देख्न सकिन्छ । जुन महिलाहरुको नाम छ ती महिलाहरुलाई खासै केही पनि थाहा भएको पाईदैन । कृषि विकास मन्त्रालयले सञ्चालन गरेका अधिकांश आयोजनाहरुमा पनि त्यही अवस्था देखिएको छ ।

महिलाको नाम देखाएपछि अनुदान हात पार्न सजिलो हुने दातृ निकायहरुलाई पनि महिला समूह वा महिलाद्धारा सञ्चालित देखाउँदा प्रभावकारी हुने देखिएको दिनप्रतिदिन कृषिको बजेट दुरुपयोग भएको देखिन्छ । तसर्थ नाम मात्रको कृषि सहकारी जहा“ वास्तविक किसानहरु अटाउन सकिरहेका छैनन् त्यस्ता सहकारी कृषि नामबाट स्थापना भएको भएपनि गलत लगानी गर्नका लागि अनुदान रोक्नु पर्दछ । अन्यथा कृषि सहकारीकै नामबाट नेपाली किसानहरु लुटिएका छन् र लुटिइ नै रहनेछन् ।

प्रकाशित मिति: बुधबार, अशोज २८, २०७७