शुक्रबार, चैत्र १६, २०८०

कृषि तथा पशुपन्छी विकास मन्त्रीले गरे ऐतिहासिक काम, सरकारलाई पनि शिक्षा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले यतिखेर मल आयात गर्ने ठेक्का लिएको सैलुङ्ग कन्स्टक्सनको जमानत जफत गरेका छन् । नेपालको कृषि इतिहासमा सायद मल ल्याउने ठेक्का लिएर तोकिएको समयमा मल आयात गर्न नसक्ने कम्पनीको जमानत जफत गरिएको यो नै पहिलो घटना होला । करीव ९ महिनाको कार्यकालमा खासै उपलब्धी मूलक काम गर्न नसकेका कृषि मन्त्री घनश्याम भूसाल निकै आलोचित वन्दै आईरहेको थिए ।

तर, बाहिर जति नै आलोचित भएपनि उनले किसानको मनमा अटुट छाप हुने गरी मल आयात गर्न नसक्ने कम्पनीको जमानत जफत गरेर मन्त्री भुसालले पहिलो तर ऐतिहासिक कार्य गरेका छन् । नेकपामा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीका रुपमा परिचित सैलुङ्ग इन्टरप्राईजेनका मालिकले २५ हजार टन रासायनिक मल आयात गर्नका लागि ठेक्का पाएका थिए । ठेक्का हासिल गरी काम गर्नकालागि प्रशस्त समय हुँदा हुँदै पनि सकेसम्म मल नल्याउने र राज्यको अर्वौ रुपैयाँमा मस्त गर्ने विचार उनीहरुको थियो ।

यस अघि पनि रासायनिक मल आयात गर्न नसक्ने सैलुङ्ग इन्टरप्राईजेजनलाई कठोर कार्वाही गर्नु पर्दछ भनेनर हामीले लेखेका पनि थियौं । तर सुनवाई भएको थिएन । तर अहिले सैलुङ्गको जमानत जफत गरेपछि कृषिमन्त्री भुसालको हाइट बढाएको देखिन्छ । मन्त्री भुसालले त मल ल्याउन नसकेको भन्दै र तोकिएको समयमा सामान उपलब्ध नगराउने प्रचण्डका घरबेटीलाई कार्वाही गर्ने आँट भूसालले गरेका छन् । यसरी कृषि तथा पुशुपन्छी मन्त्रीले बोलेर मात्र भन्दा पनि काम नै गरेरै देखाउँछन् भन्ने कुरा एउटा पुष्टि भएको छ। अहिलेको महामारी त्रासदीको वातावरणमा छ ।

खाद्य सुरक्षाका लागि महत्वपूर्ण पाटो रहेको कृषि क्षेत्र र त्यसको मुटु जस्तै देखिएको रासायनिक मल आयातमा हरेक वर्ष यस्तै रमिता हुने गरेको थियो । जे होस् मन्त्री भुसालले ढिलै भएपनि आफ्नो अडान अनुरुप ठेकेदारलाई थप कार्वाही गर्ने तयारी गरिरहेका छन् । यदि उनले कार्वाही गर्ने आँट गरे भने आम नेपाली तथा किसानहरुको साथ र सहयोग हुने देखिन्छ । यसले सरकारलाई एउटा शिक्षा समेत दिएको छ ।
भुसालले जस्तै अन्य मन्त्रीहरुले पनि तोकिएको समयमा सरकारी काम नगर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने हो भने हरेक विकास योजनाहरु तोकिएकै समयमा सम्पन्न हुनुका साथ सरकारलाई समेत निकै नै सहयोग पुग्ने छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २३, २०७७