शुक्रबार, चैत्र १६, २०८०

किसान मारेर उद्योगलाई पोस्दै कृषि मन्त्री चक्रपाणी

काठमाडौं, असार । भनिन्छ, साम्यवादका नारा ओकल्नेहरु नै पूँजिवादका अनुयायीका दास बन्ने गर्दछन् रे ! साम्यवाद ल्याउनका लागि १० वर्षसम्म जनयुद्ध लडेका तात्कालिन माओवादीका डेपुटी कमाण्डर चक्रपाणी खनाल बलदेव यतिखेर कसैको प्राथमिकतामा नपरेको कृषि क्षेत्रको नेतृत्व लिएर कृषि मन्त्री बनेका छन् ।
तर दूर्भाग्य यिनै साम्यवादको नारा वोकेर हिडेका नेता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिरहँदा उनकै मातहतमा रहेको दुग्ध विकास संस्थानले किसानहरुले पाउँदै आएको दूधको मूल्य घटाएको छ ।
‘कृषि कर्म गर्नुस, रकमको व्यवस्था म गर्छु’, भन्दै भाषण दिने त्यत्ति ठूलो जनयुद्धका डेपुटी कमाण्डरले पशुपालन गर्ने किसानहरुका पक्षमा भने सिन्को पनि भाँच्न त सकेनन् पाईरहेको दूधको मूल्य पनि दुग्ध विकास संस्थानलाई घटाउन लगाए ।
दुग्ध विकास संस्थानको २०७४ आषाढ १२ गतेको समितिको १३२३ औं वैठकले निर्णय गरेबमोजिम दूध उत्पादन गर्ने किसानहरुका लागि दूधको परिमाणका आधारमा दिइँदै आएको फ्याट, एस.एन.एस र टिएसको मूल्य बाहेकको मूल्यलाई २०७५ आषाढ १६ गतेदेखि सो मूल्य किसानलाई उपलब्ध गराउन छाडेको छ ।
कृषि मन्त्री चक्रपाणीको निर्देशनमा दुग्ध विकास संस्थान सञ्चालक समितिको वैठकले किसानलाई सो रकम नदिने निर्णय गर्दै संस्थानका संकलन केन्द्रहरुमा पत्र पठाएको छ । (पत्र कृषि अनलाईनसँग सुरक्षित छ)
मुलुकलाई दुधमा आत्मनिर्भर बनाउने भन्ने अनि कहिले डेरीमा छापामार शैलीमा अनुगमन गर्ने, कहिले सोडा र युरिया मिसाएको हल्ला पिटाउने मन्त्रीको कुरा किसान मात्र होइन उपभोक्ताहरुले समेत बुझन् सकिरहेका छैनन् ।
दिन रात दूध उत्पादनका लागि घटिरहेको किसानहरुलाई उपलब्ध गराउन रोकिएको रकमले प्रतिलिटर दूधको मूल्यमा ३ रुपैयाँक कमी देखिन्छ । राष्ट्रिय व्यवसायिक पशुपालत तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय कोषाध्यक्ष डिलाराम कँडेलका अनुसार दुग्ध विकास संस्थानले विगतमा उपलब्ध गराउँदै आएको रकम नदिंदा किसानहरुले दूधको उत्पादन मूल्य समेत पाउन सकेका छैनन् ।
कृषि विकास मन्त्रालय पशु सेवा विभाग दुग्ध विकास संस्थान लगायतको यस्तै रवैकाका कारण दूधको हवका रुपमा चिनिएको चितवनमा व्यवसायिक रुपमा गाई पालन गरिरहेको किसानहरुले विस्तारै विस्तारै छाड्दै गएको समेत उनले बताए । यसले किसान मारेर उद्योगलाई पोस्ने काम भएको उनले आरोप समेत लगाए ।
पछिल्लो समयमा नेपालका दूध उत्पादन गरिरहेका किसानहरुलाई हतोत्साह गरी दूधको अभाव सिर्जना गर्दै भारतको अमूल भित्र्याउनका लागि केही समय अगाडि देखि लविङ्ग शुरु भएको छ । गत महिना कृषि मन्त्री र कृषि सचिवको भारत भ्रमणमा पनि सो विषयमा गोप्य सल्लाह भएको बताएको छ ।
नेपालमा दूध उत्पादन गर्ने किसानहरुलाई पलायन गराउने र दूधको अभाव भन्दै भारतको अमूल कम्पनीलाई नेपाल भित्र्याउने खेलमा कृषि मन्त्री लागेका छन् । नेपाली किसानहरुलाई मारेर भारतीय उद्योगीलाई नेपाल भित्र्याउने र उसैलाई पोस्ने तयारी यतिखेर कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका मन्त्री र केही उच्च कर्मचारीहरु समेत लागिरहेको छन्।

प्रकाशित मिति: सोमवार, असार ३२, २०७५