शुक्रबार, चैत्र १६, २०८०

किसानका घरदैलोमा कृषि प्राविधिक पुग्ने रे !

काठमाडौं । आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले किसानका घरदैलोमा कृषि प्राविधिक पु¥याउने फोश्रो नारा ल्याएको छ ।

विगतमा एक गाउँ एक कृषि प्राविधिकका रुपमा लोकसेवा मार्फत काम गरिरहेको प्राविधिकहरुले अहिले मासिक तलव नपाएर छट्पटिएका बेला नीति तथा कार्यक्रमले ती जागिर समाप्त भएका कृषि प्राविधिकहरुलाई मनको लड्डु घिउसँग भने पक्कै भएको छ ।

विगतमा जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय गाउँमा नै सेवा केन्द्र थिए । त्यसबेला समेत प्राविधिक सेवा नभएका किसानहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनेर दङ्ग नपर्नु नै वेश हुन्छ ।

नीति तथा कार्यक्रमले भने जस्तो किसानका घरदैलोमा कृषि प्राविधिक पुग्ने सक्ने अवस्था छैन । अहिले कृषि तथा पशुसेवाका प्राविधिकहरु स्थानीय तह मातहतमा रहेका छन् । स्थानीय तहमा दरवन्दी अत्यन्तै न्यून छ । जुन जनशक्तिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा जस्तो किसानहरुले प्राविधिक आफ्नो गोठ र खेतमा पाउने छैनन ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७