शुक्रबार, चैत्र १६, २०८०

अलपत्र बसेका छन् कृषि अनुसन्धान परिषद्(नार्क) का वैज्ञानिक

काठमाडौं, फागुन । अधिकांश विकसित देशहरु हेर्ने हो भने ती देश कि औद्योगिकरणबाट माथि उठेका छन् कि कृषि क्षेत्रबाट आर्थिक समृद्धि गरेका छन् । आफूसँग भएको श्रोत र साधनलाई बढी भन्दा बढी समुचित प्रयोग गर्न सरकारले देखाएको तत्परताका कारण नै ती देशहरुमा समृद्ध भएको हो भन्न सकिन्छ ।

तर प्राकृतिक श्रोत साधनले पूर्ण भएको हाम्रो देशमा भने कुनै पनि परिवर्तनको संकेत देखिएको छैन । विशेष गरी कृषि क्षेत्रमा निकै नै परिवर्तन गर्न सक्ने सम्भावना छ नेपालमा । प्राकृतिक रुपले नै उत्पादन बृद्धि गर्नका लागि त्यस्तो असहज परिस्थिति छैन पनि ।

तर सरकारी तवरबाट नयाँ प्रविधिको प्रयोग गर्ने र गुणस्तरीय बीउ उन्मोचन गरी किसानसम्म पु¥याउनका लागि स्थापित गरिएको कृषि अनुसन्धान परिषद् राजनीतिक गर्ने थलोका रुपमा विकसित हुँदाँ त्यहाँका राम्रा वैज्ञानिकहरु समेत विचलित मात्र भएका छैनन, अलपत्र नै पर्ने गरेका छन् ।

नार्कलाई वास्तविक रुपमा नै अनुसन्धान केन्द्रका रुपमा स्थापनाकालमा जसरी सञ्चालन गरिएको थियो त्यही रुपमा लैजान सक्ने हो भने र वैज्ञानिकहरुलाई थप प्रोत्साहन गर्ने हो भने पक्कै पनि नेपालको कृषि क्षेत्रमा निकै नै परिवर्तन गर्न सकिन्छ ।

तर अहिले समय त्यस्तो छैन यो वा त्यो नाममा नार्कका बैज्ञानिक अलपत्र परिरहेका छन् । राज्यले दिनु पर्ने सुविधाहरु दिन सकिरहेको छैन । बैज्ञानिकहरुलाई नासु, अधिकृत जस्तै हेर्ने गरिएका कारण पनि अवस्था जटिल हुँदै गईरहेकोछ । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो कृषि त्यसमा पनि कृषि अनुसन्धान अझ महत्वपूर्ण हुन्छ । तर नेपालको ठिक त्यसको उल्टो देखिन्छ । त्यही भएर नै विदेश गएका नेपाली कृषि बैज्ञानिकहरु उतै भासिँदै आएका छन् ।

नेपालमा रहेको कृषि बैज्ञानिकहरुलाई हेर्ने दृष्टिकोण्मा राज्यले परिवर्तन गर्न सकेन र कर्मचारीकै रुपमा मात्र हेर्ने हो भने अहिले अलपत्र परेका कृषि बैज्ञानिक कृषि अनुसन्धानमा होइन जागिरे मात्र हुने छन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १३, २०७६