सोमवार, मंसिर १५, २०७७

शहरी कृषिमा क्यूवाको सफलता र नेपालले अबलम्बन गर्नुपर्ने रणनीति

शहरी कृषिको परिचय तथा प्रकार र अबलम्बन गरिने मोडेलमा देश अनुसार फरकपन पाइएतापनि शहरी कृषिको मूलभुत उद्धेश्य शहरका जनतालाइ आबश्यक स्वस्थकर र ताजा तरकारी, फलफूल,दुध तथा मासु र अण्डाजन्य उपज आपूर्तिको लागि शहर तथा नजिकका क्षेत्रमा गरिने कृषि पद्दतिलाइ शहरी कृषिको रुपमा लिन सकिन्छ । शहरी कृषिमा परिवारको दैनिक ताजा तरकारी तथा मासुजन्य मागको केही मात्रालाइ सम्वोधन गर्न कौसी, करेसावारी तथा साना क्षेत्रमा गरिने खेती देखि लिएर शहरका खाली जमिन तथा शहर नजिकका क्षेत्रमा विभिन्न संरचना वा संरचना विना गरिने ब्यवसायिक तरकारी,फलफूल तथा दुध र मासुजन्य उपज उत्पादनका कार्यहरु पर्दछन् ।

शहरी कृषिको उद्धेश्य विकशित र विकासन्मुख देशमा फरक किसिमको पाइन्छ । विश्वका अमेरिका, अष्ट्रेलिया जस्ता विकशित देशले शहरी कृषिलाइ मनोरन्जन तथा सामाजिक एकताको प्रमुख माध्यमका रुपमा अबलम्बन गरेका छन् भने नेपाल जस्ता विकासोन्मुख देशमा यस खाले कृषिको मुख्य उद्देश्य खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउनु रहेको पाइन्छ । विश्वमा बढ्दो जनसंख्याको स्वस्थकर उपज उपभोगको माग अनुसारको उपज उपलब्धतामा बेला बेलामा कोभिड १९ जस्ता महामारीले सिर्जित परिस्थिति वा देश देश विचको सम्बन्धमा असहजताका बाजजुत कृषिजन्य उपज आपूर्तिमा आएको वा आउन सक्ने अबस्थाको कारणले सिर्जना हुने बिषम परिस्थितिबाट जोगिन उपलब्ध स्थान तथा स्थानिय स्रोत साधनको सदुपयोगवाट दीगो खेती प्रणालीको माध्यमको रुपमा यसलाइ लिने गरिएको पाइन्छ ।

शहरी कृषिको इतिहाँस हेर्ने हो भने अधिकांश विश्वमा द्धितिय विश्वयुद्ध पछि खाद्यान्नको आबश्यकता परिपूर्ति गर्न यस पद्दतिको विभिन्न आकार, प्रकार र स्वरुपमा प्रयोग भएको पाइन्छ । हाल आएर विश्वका सिगापुर लगायतका शहरमा कृत्रिम प्रकाश, खाद्यतत्व तथा तले प्रणालीमा आधारित साना क्षेत्रवाट वढी उत्पादन दिने प्रणलीको समेत प्रयोग भएको पाइन्छ तर शहरी कृषिको नेपाल जस्ता विकाशशिल देशको लागि मूल उद्देश्य भनेको सस्तो, सरल र दीगो प्रणाली जसले कम भन्दा कम बाह्य उत्पादन सामाग्रीको खपतवाट सस्तो लागतमा उत्पादन गरी शहरी उपभोक्ताको खाद्यान्नमा सहज पहुँच बढाउन सक्ने प्रविधिको अबलम्बन गर्नु नै हो ।

शहरी कृषिमा क्यूवाको सफलताका आयामहरु

क्युवाले सन् १९९० पछिको दशकमा शहरी कृषिलाइ दिगो तथा आर्थिक रुपबाट कम लागत, सामाजिक रुपबाट स्थायी रोजगार सिर्जना तथा बातावरणीय हिसाबले स्थानिय स्रोत साधनमा आधारित सन्तुलित कृषिको रुपमा विकास गरेको पाइन्छ । हाल शहरी कृषिको बिषय आउँदा संसारका सवैजसो स्थानमा क्यूवाको मोडेलको चर्चा हुने गरेको पाइन्छ ।

क्युवाको हवाना शहर शहरी कृषिको आत्मनिर्भर तथा नमुना स्थानिय स्रोत सामाग्रीको उपयोगवाट तयार गरिएको प्रांगारिक पर्दाथमा आधारित (organoponics)  खेती प्रणालीमा आधारित शहरको रुपमा सन् १९९१ को सोभियत संघ विगठन पछि विस्तारै विकशित भइ आत्मनिर्भर एवं कृषिमा आधारित आय र रोजगारी सिर्जनाको मोडेलको रुपमा विकास भएको पाइन्छ । शुरुमा रासायनिक मल र बिषादी जस्ता आयातित सामाग्रीमा आधारित कृषि प्रणाली अमेरिकाको नाकाबन्दी पछि धरासायी बनी चरम खाद्यान्न अभाब भोगेको क्यूबाले संरचनागत सुधार तथा स्थानिय स्रोत साधनको महतम उपयोगवाट देशलाइ आबश्यक खाद्यान्न उत्पादन गर्न हावापानी अनुकुल जातको प्रयोग, उचित सिचाइ ब्यवस्थापन, माटोमा स्थानिय जैविक फोहोरमैलावाट निर्मित कम्पोष्ट तथा गड्यौली मलको नियमित प्रयोग, मिश्रित खेती प्रणाली, बालीचक्र तथा एकीकृत रोग कीरा ब्यवस्थापन जस्ता प्रविधिको अबलम्बन गरेको पाइन्छ ।

यसका लागि क्यूवाले नीतिगत सुधार, संस्थागत सुधार, स्थानीय प्रविधिमा आधारित अध्ययन अनुसन्धान, उपयुक्त पशुपालन तथा कृषि बालीको संयोजन तथा चुस्त बजारीकरणमा ध्यान दिएको पाइन्छ । क्युबाले ३० बर्षभित्रमानै यसरी शहरी तथा शहरी क्षेत्र आसपासको कृषिवाट आत्भनिर्भर अर्थ ब्यवस्था निर्माण गर्नमा स्थानिय संभाब्यता अनुकुल स्थानिय स्रोत साधनमा आधारित प्रविधि अनुसरण तथा विस्तारका लागि नीतिगत, संरचनागत सुधार र अध्ययन अनुसन्धान तथा प्रमाणित प्रविधिको प्रयोग जस्ता विधिहरु अबलम्बन गरेको पाइन्छ ।

नेपाल विश्वमा जैविक विधिता तथा स्थानिय स्रोत साधनले भरिपूर्ण देश भएको र करिव ३ करोड जनसंख्याको ३० प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या रहेको सन्र्दभमा बढ्दो कृषि उपजको मागलाइ परिपूर्ति गर्न आयात बढीरहेको तितो यथार्थ हामीसंग छ । यसका अलावा शहरी क्षेत्रमा वढ्दो बेरोजगारी,विभिन्न समयमा देखापर्ने महामारी, छिमेकीहरुसंगको संबन्धमा तिक्तता तथा प्राकृतिक प्रकोपले समेत खाद्य सुरक्षामा चूनौति देखा परेको सन्दर्भमा नेपालमा स्थानीय सिप तथा प्रविधिमा आधारित दीगो शहरी कृषि विकासमा विभिन्न निकायहरुले खेल्न सक्ने भूमिकाहरु निम्नानुसार रहेका छन् :

निष्कर्ष
नेपालमा केही बर्षहरुवाट विभिन्न महानगर, उपमहानगर तथा नगरपालिकाले शहरी कृषि, लिबर्डले घरवारी बगैचा ब्यवस्थापन तथा नेपाल सरकार , स्वीस सरकार र ली वर्डको समन्बयमा देशका विभिन्न स्थानमा खाद्य तथा पोषण सुरक्षाका लागि स्थानिय जैविक विधिता संरक्षणमा आधारित घरबगैचा ब्यवस्थापन कार्यक्रम समेत सन्चालन भएको पाइन्छ । तसर्थ उक्त कार्यक्रमहरुको सिकाइलाइ अबलम्बन गरी संघ, प्रदेश तथा स्थानिय निकायले आफ्नो आफ्नो कार्यक्षेत्र अनुरुपका नीतिगत सहजीकरण, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग, गुणस्तर नियन्त्रण तथा बजारीकरण र उत्पादन उप्रान्तका प्रविधि विकासका कार्य गरी शहरी कृषिमा संस्थागत रुपवाट सहजीकरण गर्न सकेमा नेपालमा शहरी कृषि क्युवाको जस्तै अर्थतन्त्र सबलीकरणमा प्रमुख माध्यम बनी अत्मनिर्भर कृषिमा आधारित अर्थ ब्यवस्थाको जग निर्माण गर्न सकिने प्रशस्त संभाब्यता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७