शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका प्रमुख सोमनाथ सहितलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सहित उच्च तहका कर्मचारीहरुलाई भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कृषिमा हुने गरेको भ्रष्टाचार क्रमश बाहिरिने क्रममा आयोजनाको तरकारी जोनका रुपमा चिनिएको चितवन कार्यान्वयन ईकाईका प्रमुख सोमनाथ घिमिरे सहितका तीनजनालाई भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोनका प्रमुख सोमनाथ घिमिरे, जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी लगायतकालाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो । तरकारी जानेका रुपमा रहेको चितवनको इकाइले काम नै नगरी कागज मात्र पेश गरेर रकम भुक्तानी उपलब्ध गराएको अनुन्धानमा देखिएको छ । साथै पदको दुरुपयोग गर्दै आयोजनाको इकाई प्रमुखले आफनै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजनाहरु वितरण गरेको समेत आरोप पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था रहेकोमा सो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्‍टाचार गरेको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा, परियोजना कार्यान्वयन इकाई ९तरकारी जोन० चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेले परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट आ.व.२०७३०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने ५ लाख रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने थियो ।

आधुनिक नर्सरी घर निर्माण सम्झौता अनुसार नगरी तथा उक्त रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी आर्थिक अनियमितता गरेको देखिएकोले सोही आधारमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७