शुक्रबार, माघ ९, २०७७

पशुपन्छीलाई प्रयोग हुने पानीको गुणस्तर कस्तो हुनु पर्दछ ?

पृष्ठभूमिः
पशुपंक्षीको लागि शरीरका सवै खाले क्रिया प्रकृयाको लागि आवश्यक पर्ने पोषण तत्व मानिन्छ । प्रक्रियाको लागि आवश्यक पर्ने पोषण तत्व मानिन्छ । पशुपंक्षीको सम्पूर्ण शरीरको ६०—७० प्रतिशत पानीले ओगटेको हुन्छ । जसले पशुपंक्षीको स्वास्थ्य, शारीरिक तौल बृद्धि उत्पादकले तथा प्रजनन क्षमता तथा अन्य पोषणजन्य तत्वको उचित उपभोग तथा उपयोगमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

पशुपंक्षीहरुले आफनो शरीरलाई आवश्यक पर्ने पानी मुख्यतः सिधै पिउन प्रयोग गरिने खाने पानी दाना आहार हुने पानी ( मिश्रित पानी ) तथा शरीरमा चयअपचवाट प्राप्त हुने पानी जन्य श्रोतवाट उपलब्ध गर्दछन ।

पशुपंक्षीले उपभोग गर्ने पानीको मात्रा विभिन्न कारक तत्वका कार ण फरक हुने गर्दछ । पशुहरुको शारीरिक क्रियाको अवश्य भौतिक शारीरिक गतिविधीको अवस्था उपभोग गने दाना आहारको संरचनागत अवस्था, सामाजिक तथा वातावरणीय अवस्था, पानीको गुणस्तर प्रयोग गरिने भाडा कुडा र उपलब्ध ठाउँ जस्ता कुराले प्रभावपार्ने गर्छ ।

न्यून शारीरिक तौल विकास, न्युन प्रजनन क्षमता, न्यून दुध उत्पादन वेला न कुवेला विरामी पर्ने जस्तो अवस्था श्रृजना पशुपालनको क्षेत्रमा देखा पर्नुलाई पानी कै गुणस्तरमा कैफियत हुन सक्ने शंका गर्न सकिन्छ । त्यसैले पशुपंक्षीलाई उपलब्ध गराइने पानीको बेला बेलामा मुल्याङकन परिक्षण गरिनु आफुले पालेका पशुपंक्षीवाट अपेक्षित उत्पादन प्राप्त गर्न अपरिहार्य मान्न सकिन्छ ।

यदि जनस्वास्थ्य एक पशु स्वास्थ्यको दृष्टिकोणले मानवीय एवं पशुपंक्षीको प्रयोग गरिने पानीको निम्न परिक्षण गरिनु अपरिहार्य मान्न सक्दछ ।
(क) गन्ध र स्वाद

(ख) भौतिक रसायनिक संरचनाको अवस्था

(ग) विषादी तथा विषादीजन्य अवशेषको अनुपस्थिति

(घ) खनीजजन्य पदार्थहरु नाइटे«ट्ट, सोडियम, सलफेट, आइरनको मात्रात्मक उपस्थितिको अवस्था

(ङ) जीवाणु, विषाणु, परजीवी, दुशीजन्य सुक्ष्मजीवाणु प्रदुषणको मात्रात्मक अवस्थितीको अवस्था ।

गन्ध र स्वादको मुल्याङकन ः  पशुपंक्षीहरु तीनलाई कस्तो पानी पिउन दिइएको छ बारे सधैं चनाखो हुने गर्दछन । पानीमा अत्याधिक लेदो, अप्रत्यासित स्वादगन्ध र रंगको भएको पानी भएमा यीनले जति मात्रामा आवश्यक पानी उपभोग गर्नु पर्ने पशुपंक्षीको उत्पादन तथा उत्पादकतत्व क्षमतामा पानीको गुणस्तर हो त्यो भन्दा कमै उपभोग गर्छन । स्वाद तथा गन्ध आउने तत्व त वनस्पति जन्यपदार्थ कुहिएर आउने हो अझ त्यस भन्दा बढी पानीमा उपलब्ध भएका जीवीत सुक्ष्म र अन्य जलचरको गतिविधी पनिकम महत्वपूर्ण मानिदैन ।

आइरन, कपर,जींकको अत्यधिक मात्रा तथा रसायनिक अक्सीजन विग्रहको अवस्थामा पनि पशुले मन न पराउनेस्वाद र वासना पानीमा उत्पन्न हुनसक्छ । टानीन , लीगनीन, लेउ जस्ताले प्राकृतिक रुपमा पानीमा गराउने रंग स्वाद परिवर्तन गराउने हुँदा यीनलाई पानीवाट पृथकीकारण मात्र गरिने हो भने पशुपंक्षीले आवश्यकता पशुपंक्षीहरुको उल्लेखनीय उत्पादन क्षमतामा बृद्धि गराउन सहयोगी हुन्छ ।

पानीको भौतिक रसायनिक गुणहरुः ६.५—८.५ सम्म पि.एच भएको पानी पशुहरुका लागि उपयुक्त मानिन्छ । यो भन्दा कम पिएच भएमा पानी आपूति गरिने पाइपहरुले नै घात विग्रह गराउँछन । अनि पानीवाट प्रयोग गराउने औषधी विग्रह गराउँछन । पि.एच बढी भएमा पानी चिपचिपे अनि लेदो युक्त हुनजान्छ । पानीको कडापन त्यसमा भएको क्यालसियम, म्यागनेसियमको मात्रामा भरपर्छ ।

कुखुरा, वंगुर,घोडा, दुधालु, गाई, वाख्राको लागि यसको अधिकतम सिमा १०० मिलीग्राम प्रति लिटर मानिन्छ । त्यसै गरी क्यालसियमको मात्रा पशुपंक्षीले पिउने पानीका १०० मिलीग्राम प्रति लिटर भन्दा बढी हुनहुँदैन । पानी उपभोग प्रयोग गर्न उपयुक्ता अनुउपयुक्त भएको, त्यसमाभएको सोडियम क्रोराइलको मात्रामा मापन गरिन्छ । त्यस बाहेक बाइकावोर्निट, सल्फेट, क्यालसियम , म्यागेनिसियम सीलीका , आइरन, नाइटे«ट, पोटासियम, कार्वोनेट, फोस्फोरस, फ्रोराइड प्रमुख मानिन्छ ।

पशुपंक्षीको पूर्ण स्वास्थ्य एवं अपेक्षित उत्पादनको लागि यिनलाई प्रयोग गराइने पानीमा यिनको उपस्थिति ०.० प्रतिशत देखि अधिकतम ०.५ प्रतिशतभिन्दा बढी हुनु हुन्न । बिषादी तथा विषादीजन्य पदार्थको अवस्थीति अनुपस्थितिको अवस्था ः पानीमा पाइन सकिने सामान्य विषाक्ति गराउने तत्वहरुमा कतिपय अजैविब रसायनिकतत्व, जैविक फोहर, रोग गराउन सकेन ।

सुक्षक जीव, झारपात नाशक रसायन तीनको अवशेष, किटनाशक तीनको , अवशेष हुन सक्छन । यीनले प्रत्यक्ष रुपमा पशुपंक्षीमा विषाक्तित गराउँछन, थोरै भए पशुले पानीखान रुचाउदैनन । यसको असर भनेको ती पशुपंक्षीवाट उत्पादित पशुजन्य उत्पादनमा नवखादय श्रृंखलामा प्रवेश गरे जन स्वास्थ्यको सुरक्षित होला ? सुक्ष्म जीवाणुको अवस्थितीको अवस्थाः पानी विभिन्न खाले रोग व्याधी गराउन सक्ने सुक्ष्म जीवाणुहरुको आश्रय स्थलका रुपमा सहयोगी हुन सक्छ । स्थिर जलसतह निलो हरियो लेउ यदि मलमुत्रवाट प्रदुषित भए हुर्कन सक्छ । यस्तो पानी उपभोग गर्ने पशुपंक्षी लक्षण विहिन मृत्यु पनि हुन सक्छ । कु को लाई सालमोनेला, लेप्टोसस्पाइर जस्ता जीवाणुको संक्रमण, प्रदुषण न्युन स्तरमा भएपनि पशुपंक्षीको उत्पादित क्षमतामा प्रतिकुल असर पार्न सक्छ ।

अझदुगी, परजीवी सुक्ष्म परजीवीले त पानीको गुणस्तरमा असर पार्छ नै । यस्तो पानी उपभोग गरेका पशुहरुको स्वास्थ्य प्रतिकुलताको अवस्था अचानक मृत्युकरण देखि उत्पादन प्रजनन क्षमतामा कमी त आफनै ठाउँमा छ ।

यस्ता पशु पंक्षीवाट उत्पादित पशुजन्य पदार्थ मानव खादय श्रृङखलामा प्रवेश गरी यसवाट निम्तन सक्ने जनस्वास्थ्य समस्यावारे सोच्ने पर्ने वेला भएको छ । आज जनस्वास्थ्य क्षेत्रले भोग्न परेको मुल चुनौती पानीजन्य, पशुपंक्षीजन्य र कृषिजन्य उत्पादनवाट श्रृजना गरिएको रोग व्याधिलाई मान्न सकिन्छ । रोग हाम्रा गोठ खोर पानीको मुहान अनि भान्सामा छ । हामी समाधान खोज्न तामझामसंग खुलेको तारेस्वास्थ्य संस्थामा भौतारिन्छौं ।

निष्कर्श के त ?

पशुपंक्षी पालन क्षेत्र आज पानीको गुणस्तरवारे धेरै सजग हुन थालेको छ । कसरी शुद्ध स्वच्छ , सफा पानी आफना पशुपंक्षीलाई प्रयोग गराउने वाटो पानीका मुहानमा कुनैकिसीमका फोहर मैला ठल नकिसाइयोस भन्नेमा सचेत हुनुपर्ने अवस्था छ ।

तर आजको महागनरीय , उपमहानगरीय आफुलाई सभ्य सामाजिक अगुवा , समाजको अग्रणी बुद्धजीवी, बातावरण विद्नै किन न हुन घरको फोहर त घरको कोशीवाट नजिक कै पानीकै मुहानमै फाल्न त गर्व गर्छन ।

हप्ताको ६ दिन बागमतीमा फोहर फाले एकदिन शनिवार बागमती सफाइ अभियान संचालनको जतिसुकै दिन, हप्ता विताए पनि मानव स्वास्थ्य नत पशु स्वास्थ्य सुरक्षित हुने सम्भावनाको परिकल्पना गर्नु सकिन्छ । तर्सथ जल नै जीवन हो ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७