बिहिबार, चैत्र १५, २०८०

कृषि सचिव जिसीका कारण सहसचिवले हाजिर गर्न पाएनन्

काठमाडौं, असोज । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि तर्फका सचिव डा युवकध्वज जिसीका कारण सहसचिवहरुले हाजिर समेत गर्न पाएका छैनन् । संघीय संरचना अनुरुप कर्मचारी समायोजन शुरु भएको लामो समय वितिसक्दा पनि कतिपय सहसचिवले हाजिरै हुन पाएका छैनन् भन्दा पत्यार नलाग्न पनि सक्ला ।
साना पदका कर्मचारीहरुले हाजिर गर्न नपाउनु बेग्लै कुरा हो तर सहसचिव जस्तो पदका व्यक्तिलाई पनि हाजिर गर्न नदिएर महिनौ मन्त्रालयमा झुलाई रहने प्रबृत्ति अन्त कतै नभएर सिहदरबार भित्र देखिएको छ त्यसमाथि पनि प्राविधिक मन्त्रालय कृषिमा ।
कृषि विकास मन्त्रालयमा पञ्च ज को उपाधी पाएका कृषि सचिव डा युवकध्वजका कारण मन्त्रालयमा हाजिर गर्न दिइएको छैन ।कृषि तथा पशुपनछी विकास मन्त्रालयमा सहसचिव रहेका बेनु प्रसाइँ, बासुदेव काफ्ले, शान्ता कार्की लगायतका सहसचिवहरुले हाजिर गर्न पाएका छैनन । समायोजन प्रक्रिया आफूहरुलाई अन्याय परेको भन्दै अदालत पुगेका सहसचिवहरुलाई अदालतले सरुवा प्रक्रिया रोकेर संघ मै हाजिर गराउन निर्देशनात्मक आदेश दिएको थियो ।  न त उनलाई घर विदा नै लिन दिइएको छ । सहसचिव जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिलाई कानूनी उपहास गर्दै सचिव डा युवकध्वज जिसीले हाजिर गर्न नदिनु हदैसम्मको हेपाहा प्रबृत्ति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीहरुले नै बताउन थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७६