बुधबार, बैशाख १२, २०८१

KEI Honorable Mention अवार्ड नेपाली कृषि विज्ञलाई

काठमाडौं, १० मंसिर । कोरिया वातावरण संस्थान (Korea Environment Institute(KEI)ले आयोजना गरेको “2017 KEI International Paper and Idea Competition” मा नेपालका कृषि प्रसार अधिकृत अरुण जि.सी. “KEI Honorable Mention” अवार्ड विजेता भएको KEI ले आफ्नो वभसाईटमा प्रकाशन गरेको छ ।
यस प्रतियोगितालाई कोरियाको वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्र हेर्ने आर्थिक तथा सामाजिक आयोग (UNESCAP) ले प्रयोजन गरेका थिए । उक्त प्रतिस्पर्दामा उपाधि विजेता उनी एक मात्र नेपाली हुन् ।aaa विश्वभरीबाट आह्वान गरिएको अनुसन्धान पत्र (Research Paper) मध्येबाट नेपाल सरकारको मनोनयनमा खाद्य सुरक्षा तथा कृषि विकास Food Security and Agriculture Development) विषयमा स्नातकोत्तर अध्ययनको लागि KOICA–Scholarship मार्फत कोरियाको Kyungpook National University मा उनले गरेको “Perception to Adaptation of Climate Change in Nepal: An Empirical Analysis using Multivariate Probit Model नामक शोध कार्यको लागि उक्त उपाधि प्रदान गरिएको प्भ्क्ष् ले जनाएको छ । विश्वभरका १७ राष्ट्रका सरकारी अधिकारीहरु रहेको उक्त स्नातकोत्तर समुहको नेतृत्व पनि कृषि प्रसार अधिकृत जि.सी.ले गरेको विश्व विद्यालयले आफ्नो न्यूजलेटरमा उल्लेख गरेको छ ।
उनीसँगै युङ्जिन जनङ्गले पनि Scenario-Based Design and Assessment of renewable energy supply system for green building application का लागि उक्त उपाधि हात पारेका छन् । एक समारोहकाबीच KEI का प्रमुख ले उपाधि तथा प्रमाणपत्र प्रदान गरिने पनि KEI ले जनाएको छ । यस अघि 2017 ODA Global Partnership Conference मा उनले प्रस्तुत गरेको ँFuture Farming सम्बन्धि प्रस्तुतिलाई कोरियाली संचारमाध्यहरुले विशेष महत्व दिएर प्रकाशन गरेका थिए ।

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४