शुक्रबार, चैत्र १६, २०८०

स्थानीय तहमा पठाईएको कृर्षिको बजेट खर्च भएन

धनगढी, फागुन । आर्थिक बर्ष २०७४र०७५ को दोश्रो चौमासीक वित्नै लाग्दा समेत धनगढी उप–महानगरपालीकाबाट स्वीकृत कृर्षीका योजना कार्यान्वयन गर्ने प्रक्रिया नै सुरु भएको छैन् । धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रका लागि यस बर्ष सवा करोड बजेटका विभीन्न योजना पास गरेपनि अहिले सम्म खर्च प्रतिशत शुन्य छ । कर्मचारी अभाव र समन्वयमा समस्या देखीदा आएको बजेट खर्च हुन नसकेको हो ।आर्थीक बर्षको ८ महिना वितीसक्दा समेत कृर्षीको बजेट कतिपनि खर्च नभएपछि कृषि उत्पादनसिलता बढाउनका लागी आएको सवा करोड बजेट फिर्ता जाने खतरा बढेको छ । धनगढी उप–महानगरपालीकाले विभीन्न ७ वटा शिर्षक र ३९ वटा उप शिर्षकमा कृर्षीमा सवा करोड बजेट छुट्याएपनि दोश्रो चौमासीक बित्नै लाग्दा समेत खर्च प्रतिशत सुन्य रहेको हो ।
कृषि उत्पादनसिलता बढाउन १ करोड २७ लाख बजेटका ३९ वटा योजनाहरु स्वीकृत गरीएको छ । तर आवश्यक कर्मचारी उपलब्ध नहुदा कृषिका ति कार्यक्रमहरु सुरु नै नभएको धनगढी उप–महानगरपालीका सुचना अधिकारी सुरेन्द्र कार्कीले बताए  ।-नवराज पनेरु

प्रकाशित मिति: शनिबार, फाल्गुन ५, २०७४