शुक्रबार, चैत्र १६, २०८०

एण्टिवायोटिकले मानव तथा पशु स्वास्थ्यमा गम्भीर समस्या

मंसिर ४, काठमाडौं । मानिस तथा पशुपन्छीको उपचारमा प्रयोग हुँदै आएको एण्टिमाइक्रोवियल उपचार विधिप्रति सचेतना जगाउन सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरिएको छ ।
एण्डिबायोटिक्स,ः पुर्नविचार नारा सहित मनाइएको साप्ताहिक कार्यक्रमको अन्तिम दिन आईतबार एण्टिमाइक्रोवियल रेसिस्टेन्स विषयक कार्यशाला आयोजना गरिएको थियो । antipayroditt
कार्यक्रमा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा केशवप्रसाद प्रेमी, पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मल, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, डा ज्योति आचार्य र डा प्रकाश घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
एण्टिमाइक्रोवियल रेसिस्टेस्टको क्रमिक बृद्धिले पशु र मानव स्वास्थ्यका साथै बातावरणीय रुपमा गम्भीर असर पारिरहेकोले सोको प्रयोगप्रति जनचेतना आवश्यक रहेको बताइन्छ । । सन् १९४० को दशकबाट विकास भएको एण्टिवायोटिकले मानव तथा पशु स्वास्थ्यमा गम्भीर समस्या निम्त्याईसकेको छ ।
मानिस तथा पशुपन्छीमा एण्टिमाइक्रोवियलको अल्पप्रयोग, अति उपयोग तथा दुरुपयोगले गर्दा व्याक्टेरिया, प्यारासाइट, भाइरस र फङ्गस लगायतमा एण्टिमाइक्रोवियल प्रतिरोधात्मक क्षमता बृद्धि हुँदै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर ४, २०७४