शुक्रबार, चैत्र १६, २०८०

नेपाल कृषि प्राविधिक एशोसिएशनमा गौली

काठमाडौं,जेठ । मुलुकभर कृषि प्राविधिकको रुपमा काम गरिरहेका कृषि प्राविधिकहरुको छाता संगठन नेपाल कृषि प्राविधिक एशोसिएशन (नाटा) को केन्द्रीय अध्यक्ष पदमा देवराज गौली निर्वाचित भएका छन् । एक्काईसौं शताब्दी अनुरुप प्राविधिक दक्षता, व्यवसायिक कृषि विकास आजको आवश्कयता मूल नाराका साथ एशोसिएशनको चौथो अधिबेशनले २८ सदस्यीय नयां केन्द्रीय नेतृत्व चयन गरेको छ । अध्यक्षमा निर्वाचित गौली कृषि सूचना तथा सञ्चार केन्द्रमा कार्यरत छन् । Gauli team
नेपाल कृषि प्राविधिक एशोसिएशन (नाटा) को वरिष्ट उपाध्यक्षमा मानन् चौधरी, सातवटा प्रदेशकका उपाध्यक्षहरुमा क्रमश ः रामदेव सिंह, अजय कुमार सिंह, रामदरेश राय, लिला प्रसाद पंगेनी, दुर्गादत्त बसौला, मुकेश रामजाली नेपाली, दुर्गा प्रसाद ओझा निर्वाचित भएका छन् ।
त्यसैगरी महिला उपाध्यक्षमा कमला न्यौपाने, महासचिवमा रुद्रमणि पौडेल, सचिवमा अब्दुल रहमान, कोषाध्यक्षमा कमलादेवी श्रेष्ठ, कृषि अनुसन्धान तर्फ केन्द्रिय सदस्य खड्गप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।
सातवटा प्रदेशका लागि दुई दुइ जना सदस्य रहने गरी निर्वाचित गरिएको छ । जसमा क्रमशः नरहरी निरौला, बलदेव सिंह महर, राम एकवाल साह, दिनेश प्रसाद यादव, मिना कुमारी थापा, ऋषिराम तिवारी, ठाकुर प्रसाद देवकोटा, रामकृष्ण अर्याल, हरिप्रसाद खनाल, मानबहादुर डांगी, कमलराज रेग्मी खेमराज पनेरु, चन्द्रशोभा डंगोल निर्वाचित भएका छन् ।
मुलुकलाई कृषि प्रधान देशमा रुपमा स्थापित गर्नका लागि कृषि प्राविधिकहरुको महत्वपूर्ण भूमिका रहंदै आएको भएपनि कृषि प्राविधिकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले कृषि प्राविधिकहरुको पेशागत सुरक्षा, राज्यले हेर्ने दृष्टिकोण र कृषि विकास मन्त्रालय भित्रै हुने गरेको विभेदलाई अन्त्य गर्नका लागि आफू प्रतिवद्ध भएर लाग्ने नवनिर्वाचित अध्यक्ष देवराज गौलीले बताएका छन् ।
नाटाको १२ बर्षे इतिहासमा जेजस्ता दुख र संघर्ष गर्दै आएको छ । त्यसका उपलब्धीहरुलाई अझ बृहत गर्दै कृषि प्राविधिकहरुको व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि आफू हमेशा क्रियाशील भएर लाग्ने समेत उनले बताए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २, २०७३