शुक्रबार, बैशाख ७, २०८१

९० प्रतिशत पशुपन्छीका एण्डिवायोटिक गैरकानूनी रुपमा विक्री

काठमाडौं, माघ । औषधी व्यवस्था विभाग र पशुपन्छी औषधी आयात कर्ताहरुको मिलेमतोका कारण मुलुकभर विक्री भईरहको ९० प्रतिशत पशुपन्छीका एण्डिवोयोटिक औषधी गैरकानूनी रुपमा विक्री वितरण भईरहेको छ ।
पशुपन्छी विकास मन्त्रालयका सचिवको डा विश्वनाथ ओलीको अध्यक्षतमा बसेका छलफलमा सरोकारवाला निकायवीच गैरकानूनी रुपमा विक्री गरिएको एण्डिवायोटिक रोक्न नसकेको भन्दै व्यापक आलोचना गरिएको थियो ।
कार्यक्रम पशुपन्छी विकास मन्त्रालयका सचिव, विभागका महानिर्देशक, कार्यक्रम निर्देशकहरु, विभिन्न निजी क्षेत्रका पशु चिकित्सकहरुको सहभागिता रहेको भएपनि पशुपन्छी औषधी आयात कर्ता र औषधी व्यवस्था विभागका प्रतिनिधिहरुको भने छलफलमा सहभागि थिएनन् ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालकै कारण पशुपन्छी औषधीहरुमा गैरकानूनी विक्री र किसानमार प्रबृत्ति बढ्दै गईरहेको छ । विभागका महानिर्देशक र केही उच्च कर्मचारी एवं औषधी आयातकर्ताहरुका मिलेमतोका कारण पशुपन्छीलाई प्रयोग गरिने एण्टिवायोटि गैरकानूनी रुपमा विक्री हुँदा पनि विभाग मौन बसेपछि पशुपन्छी विकास मन्त्रालयमा वैठक नै बसेका श्रोतले दावी गरेको छ ।
पशुपन्छी औषधी व्यवसायी संघको केही दिन अगाडि भएको अधिवेशनले नयाँ नेतृत्व त चयन गरेको छ यद्यपी पशु औषधी आयात तथा विक्रीमा पटक पटक विवादित भएका व्यक्तिहरु आएपछि एण्डिवायोटिक काण्ड चर्चामा आउन थालेको छ ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले छातीमा हात राखेर गुणस्तरहीन एवं नेपालमा विक्री वितरण स्वीकृत नभएका लगायतका एण्डिवायोटिक औषधी आयात र विक्री गर्न दिन्न भन्ने प्रतिवद्धता जनाएको भएपनि पशु औषधी आयातकर्ताहरुसँगको मिलेमतोमा मुलुकभर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने एण्टिवायोटिक विक्री वितरण भईरहँदा पनि औषधी व्यवस्था विभाग मौन बस्नुले के पुष्टि गर्ला ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४