मङ्लबार, बैशाख ४, २०८१

५४ जिल्लमा ट्राउट पालनको सम्भाव्यता अध्ययन

काठमाडौँ, २२ चैत । नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरा बढी पाइने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिन्छ । पछिल्लो समयमा रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गएका भए पनि सरकारको उचित लगानी र जनचेतनाको अभावमा काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउटपालनका लागि सम्भाव्यतासमेत अध्ययन गरेको थियो । ती जिल्लाहरूमा ‘एक गाउँ एक उत्पादन’का रुपमा सो माछापालनलाई अगाडि बढाउने सोच बनाएको छ ।
कृषि अनुसन्धान परिषद् (नार्क)ले त मिसन रेन्बो ट्राउट अभियान नै सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ तर सोचेजति कृषकहरूकामाझमा रेन्बो ट्राउटका बारेमा जनचेतना भने पुग्न सकेको छैन । भौगोलिक रुपमा अत्यन्तै ठूलो सम्भावना रहेपनि कृषकहरूमा उचित जनचेतनाको अभावमा सोचेजति प्रतिफल भने पाउन सकिएको छैन ।
पछिल्ला दिनमा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौँ, ललितपुर, बाग्लुङ, रसुवा, धादिङ, मकवानपुर, गोरखा, कास्की, मनाङ, मुस्ताङलगायतका जिल्लाहरूमा व्यावसायिक रुपमा रेन्बो ट्राउटपालनलाई अगाडि बढाइएको छ । लामो समयदेखि नुवाकोटको ओखरपौवामा रेन्बो ट्राउटपालन गर्दै आउनुभएका किसान पदमबहादुर लामाका अनुसार यस खालको माछाबाट मनग्य आम्दानी हुने भए पनि सरकारी निकायबाट उचित सहयोग भने पाउन सकिएको छैन । ट्राउट एसोसिएसन अफ नेपालका उपाध्यक्ष महेन्द्र घोरासैनीका अनसार आर्थिक वर्ष २०६९/७० मा देशभरबाट ३०० टन माछा उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा करिब पाँचसय टन माछा उत्पादन हुने अवस्था छ ।
सरकारले अनुदान बढाउने र खेर गइरहेको पाखा पखेरालाई माछाको विकासमा लगाउने हो भने प्रतिवर्ष तीस हजार टनभन्दा बढी रेन्बो ट्राउट उत्पादन गर्न सकिने उपाध्यक्ष घोरासैनीको भनाइ छ तर दक्ष प्राविधिक र जनचेतनाको अभावका कारण सोचेजति उत्पादन भने हुन सकेको छैन । चिसो पानीमा मात्रै उत्पादन हने भएकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश जिल्लामा सो प्रजातिका माछा पाल्न सकिन्छ । उचित उत्पादन गर्न सकियो भने खाडी र दक्षिण पूर्वी एसिया, मध्य पूर्वलगायतका मुलुकमा रेन्बो ट्राउटको व्यापार गर्न सकिन्छ । तातो पानीमा उत्पादन भएका भन्दा चिसो पानीमा उत्पादन भएको माछा बढी स्वस्थ्यकर मानिन्छ । मुटु रोग लागेका बिरामीहरूका लागिसमेत रेन्बो ट्राउट प्रभावकारी मानिन्छ । कृषकहरूको आफ्नै पहलमा हाल १९ लाख भुरा उत्पादन गरिएको छ । नुवाकोट र कास्कीमा व्यावसायिक रुपमा रेन्बो ट्राउटको

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०