शनिबार, बैशाख ८, २०८१

२ अर्व ८६ करोड ४० लाख रुपियाँ बराबरको बालीनाली नष्ट

काठमाडौं, साउन ३१ । कृषि विकास मन्त्रालयले बाढीपहिरो, कटान लगायत समस्याबाट २ अर्व ८६ करोड ४० लाख रुपियाँ बराबरको बालीनाली नष्ट भएको जनाएको छ । कृषि विकास मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले प्रारम्भिक रुपमा गरिएको अनुसन्धानबाट मुलुकभर २ अर्व ८६ करोड बराबरको क्षति कृषि क्षेत्रमा भएको अनुमान गरिएको बताए । तर पूर्ण विवरण आएपछि मात्र क्षतिको यकिन गर्न सकिने उनले बताए । किसानलाई परेको आपतमा सरकारको उपस्थिति र उनीहरको घाउमा मलम लगाउने काम राज्यको जिम्मेवारी भएकाले कृषि क्षेत्रमा व्यहोरेको क्षति कृषि मन्त्रालयले व्यहोर्ने काकीृले बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन ३१, २०७४