मङ्लबार, बैशाख ४, २०८१

२० हजारको स्टल पाँच लाखमा क-कसले खान्छ कमिशन

काठमाडौं, भाद्र । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिचौलियाको ब्रह्मलुट हुने गरेको समाचार अहिले मात्र होइन विगतमा पनि आउने गरेको थियो । तर त्यसबेला गुपचुप मै रहेन गर्दग्थ्यो । तालुकदार निकायका रुपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रीले विचौलिया हटाउने प्रतिवद्धता लिएपछि यो विषयले चर्चा पाएको हो ।
अहिले तरकारी बजारको विषयमा मात्र होइन कालीमाटी तरकारी बजारको स्टलका विषयले पनि चर्चा पाएको छ । कालमाटी तरकारी बजारमा रहेको स्टल प्रति महिना पाँच हजारमा भाडामा लिएर त्यही भित्रका ठेकेदार, विचौलिया र बजार समितिका उच्च अधिकारीहरुको समेत मिलेमतोमा लामो समय बजार अस्तव्यस्त भएको मात्र होइन व्यवसायीहरु नै मर्कामा पर्दै आएका थिए ।
वीस हजारको स्टललाई पाँच लाखमा भाडामा लगाउने विचौलियासँग समिति भित्रका कोको संलग्न छन् सो कुरा पनि बाहिर ल्याउनु आवश्यक छ । तरकारी बजारमा बिचौलियाले विकास समितिले तय गरेभन्दा २५ गुणा बढी भाडा असुली गर्दा विगतमा पटक पटक विरोध हँुदा पनि मौन बस्ने समिति अहिले मन्त्रीको अनुगमन पश्चात र अनुगमनकर्तालाई कार्यालय परिसरमा नै थुनिदिएपछि किन सल्बलाएको छ ।
विचौलिया र समितिवीचको साँठगाँठ के छ ? अहिलेसम्म किन मौन बस्यो समिति ? विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशक यस विषयमा किन बोल्न चाहिरहेका छैनन् ।
कालीमाटी तरकारी बजार भित्रको किसानमारा धन्दामा संलग्न र २० हजारको स्टललाई पाँच लाखमा भाडामा लगाउनेमा संलग्नहरुलाई समेत कानूनी कठघरामा उभ्याउनु जरुरी छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५