शनिबार, बैशाख ८, २०८१

हिमाली कृषि व्यवसाय मेला आज सकिंदै

काठमाडौँ, जेठ । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको एकमात्र ठूलो आयोजनाका रुपमा चिनिएको हिमाली आयोजनाले अनुदान प्रदान गरेका उप आयोजनाहरुले उत्पादन गरेका कृषि उपजहरुको पहिलो पटक गरिएको तीन दिने मेला आज सकिंदैछ । हिमाली आयोजनाले कृषि तथा वनस्पति जन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीन दिने प्रथम हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि आईतबारसम्मका लागि सञ्चालन गरिरहेको छ ।
भृकुटीमण्डपमा गरिएको सो मेलामा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादनको बृहत् प्रदर्शनी गरिएको छ । मेलामा ६९ व्यापारिक कक्षमा ७६ किसिमका हिमाली उत्पादन राखिएका छन् । चौंरीको चिज, छुर्पी, जुम्लाको स्याउ, सिमी, ओखर, केशर, जडीबुटी, ट्राउट माछा आदि मेलाका आकर्षक कृषि उपज बनेका थिए । भने राडी पाखी पनि आकर्षण बन्न पुगेको थियो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ८, २०७३