बिहिबार, बैशाख १३, २०८१

हिमाली आयोजनाको प्रमुखमा डा विजयकान्त झा

काठमाडौं, मंसिर । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको एउटै मात्र आयोजना उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाको आयोजना निर्देशकका रुपमा डा विजयकान्त झालाई सरुवा गरिएको छ । dr-bijaya-kanta-jha
पशु सेवा विभागका उपमहानिर्देशकका रुपमा रहेको झालाई कृषि विकास मन्त्रालय विभाजन पश्चात पशुपन्छी विकास मन्त्रालयको सहसचिवका रुपमा मन्त्रालयमा सरुवा गरिएको थियो । अहिले पशु सेवा विभागका महानिर्देशकमा डा. विमलकुमार निर्मललाई नियुक्त गरिएपछि सो आयोजनाको आयोजना निर्देशक रिक्त रहेको थियो ।
आयोजना निर्देशक रिक्त रहेका कारणले पशु सेवा विभाग डा केशवप्रसाद प्रेमीलाई मन्त्रालयमा डा. विजयकान्त झाको ठाउंमा लगिएको छ भने । डा. झालाई हिमालीको आयोजना निर्देशकका रुपमा ल्याएको हो । आयोजना निर्देशकका रुपमा सरुवा भएर गएका डा झाले विहिबार नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर ९, २०७३