शनिबार, बैशाख ८, २०८१

हिउदे झरीले फेरि पनि किसानहरूमा खुसी ल्याइदियो

BLSयति बेला मुलुकभरका किसान दंग परेका छन् । फागुन लाग्नासाथ लगातार चार दिन पानी प¥यो । यद्यपि यो झरीले जनजीवनमा असर त प¥यो होला नै । जाडो बेस्सरी बढ्यो । नेपालको पश्चिमी भेकमा ठूलो हिमपात भयो । मानिसहरू बाहिर निस्कन सकेनन् । हिउ“का थुप्रा हटाउन मुश्किल नै प¥यो । बाटो, घाटो, खेत, बारीका डिल कान्ला र भीर, पाखा, पहरा जम्मै ठाउ हिउ“ले सेताम्मे भए । पहाडका टुप्पाहरूमा हिउँ जमेर खुव रमाइलो भएको थियो । जाडो अत्यधिक बढे पनि रमाइलो वातावरण चाहिँ बन्यो । सिंगो नेपाली जनता औधि खुसी देखिन्थे । एउटा अनौठो र रोमाञ्चकारी माहौल खडा भएको थियो ।
सामान्य जीवन अस्तव्यस्त भएका समाचार प्रसारण र प्रकाशनमा आएका हुन् । हिमाली भेकका कतिपय स्थानाहरूमा निकै हिउँको थाुप्रो लागेको थियो । त्यो हिउ“ पग्लिन धेरै समय लाग्यो पनि । फागुनको ६ गतेसम्म पनि मुलुकका सडकहरू हिलाम्य भए । नौवीसे मुग्लिन सडक खण्डमा रातीदेखि नै खाल्डाखुल्डीमा पानी जमेर गाडी चल्न नसकेको लामो लहर पत्रपत्रिकाबाट देख्न पाइयो । सामान्य यात्रुले निकै दुःख पाए । घण्टौं जाममा फस्नुपर्दाको पीडा बेग्लै थियो । यस्तो समस्या देशभरका सडकहरूमा देखियो ।
राजधानीको बेहाल भने वेग्लै थियो । सहरमा सडक विस्तारका क्रममा भत्काइएका सडक, पेटि यति बेला यात्रुका लागि कष्टकर बन्यो झरीले गर्दा । जताततै हिलाम्य बन्यो सडक र पेटि । जनताले सास्ती भोग्दै यात्रा गर्नुप¥यो । लुगाफाटाको विजोग उस्तै थियो । हिउ“दभर धुलाम्ये हुने सडक पानी पर्दा र वर्षामा हिलाम्य हुनु राजधानीमा  स्वाभाविक नै हो । यो नियति राजधानीवासीले कयौं वर्षदेखि भोग्दै आएका छन् । यसपालिको हिउ“दे वर्षाले राजधानीवासीलाई निकै कष्ट भने दियो । माघमा पानी पर्दा धेरै दिन गा¥हो परेन । दुई दिन पानी परेर झरी थामिएको थियो । तर फागुनको झरी भने झण्डै हप्ता दिन रह्यो । त्यसैले पनि बिग्रेका सडक, बाटो , पेटि र गोरेटोले ठूलो दुःख दियो । गाउ“ घरमा बस्ने जनताले पनि लगातारको वर्षा र हिउ“ पर्नाले दुःख पाए । केटाकेटी बूढाबूढी र पशुहरूले बढी कष्ट भोग्नु प¥यो । चिसोले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्यो । हिमाली भेकका जनताले हिउ“का ठूला ठूला ढिक्का पल्टाउँदै गरेको दृश्य पनि देखियो । एक हप्तासम्म बाटो, घाटो, सडक, खेत, बारी र छानाहरूमा हिउ“ जम्दा अप्ठेरो स्थिति त पक्कै पनि बेहोर्नुप¥यो । विगतका वर्षहरूभन्दा यस वर्ष माघ र फागुनमा लामो समयसम्म झरी पर्दा यो अप्ठेरो भोग्नु पर्ने अवस्था स्वाभाविक पनि थियो ।
खेती किसानीका लागि भने उही पुरानो बूढा पाकाको आहान चरितार्थ भएको छ । जनताले दुःख पाएको भए पनि नेपाली किसान र कृषि जगतका लागि यो अत्यन्त सुखद् क्षण भने ठहरियो । उहिलेका बूढापाका भन्थे ‘पुस रु“दे माघ बु“दा फागुने झरी समय परी’ । नभन्दै त्यस्तै भयो । यसपालीको समय सा“च्चिकै किसानलाई कल्याणकारी भएर आएको छ । पुसभरि पानी पर्ला जस्तो भयो । माघमा बुँदे मात्रै भनिए पनि त्यस महिनामा पहिलो हप्तामा पानी नै प¥यो । त्यसले गर्दा किसान त्यतिखेर नै हौसिएका थिए । यसपटक खेतीपाती राम्रो हुने भो भनेर खुसीको सीमा रहेन किसानहरूमा । वर्षभरि हुने अन्नपातका लागि खुसी र बहार लिएर आएको यो वर्षाले जनतालाई आनन्द दिएको छ । त्यसैले फागुनको झरीले दैनिक जीवनमा केही दिन कष्ट, दुःख, झञ्झट र अप्ठेरो बेहोर्नु परे पनि यो वर्ष मुलुककै लागि भने सुखद् बनेको छ । कृषिमा सवैतिर राम्रो हुने देखिएको छ ।
खासगरी हिउ“दमा लगाइएका तरकारी खेतीलाई राम्रो भएको किसानहरू नै बताउँछन् । हिमाली भेग होस् वा तराइ अनि पहाड होस् वा उपत्यका ती भेकहरूमा हुने सवै खाले तरकारी फस्टाउने भएका छन् यही वर्षाले । कृषि विज्ञहरूको पनि यसपालीको हिउ“दे वर्षाले कृषि बाली र तरकारी राम्रो हुने धारणा राख्दछन् । हिउ“ आफैमा मल पनि भएको हु“दा आलुलाई सवैभन्दा राम्रो भएको धारणा किसानहरूको छ । हिउ“ र वर्षाले गर्दा माटो खुकुलो हुनुका साथै आलुको उत्पादन बढ्ने अनुमान गरिएको छ । गहुँ बाली, फापर, जौका लागि पनि यो वर्षा अनुकुल नै बन्यो । यसबाहेक संपूर्ण तरकारी बारीका लागि पनि झरलिे सकारात्मक परिणाम दिएको छ । बितेका वर्षहरूमा हिउ“दभर पानीको छिटा नपर्नाले किसानहरू मर्कामा परे । हिउ“द सुख्खा हु“दा तरकारी र अन्य कृषिजन्य फसलहरू फस्टाउन पाएनन् । यसले गर्दा राष्ट्रिय आम्दानीमा नै घाटा पर्न गयो ।
तर यसपालि भने हिउँदे वर्षाले सुखद् मनसुनको संकेत दिएको छ । जताततै हिउ“का ढिक्काहरूले खेतीपातीका लागि सकारात्मक सन्देश दिएर गयो । लामो समय पानी परे पनि दुखद् घटनाहरू सुन्न, देख्न र हेर्नु परेन । बरू मुलुकभर परेको पानीले किसानहरूको खुसीको सीमा रहेन । जाडो र ठिही खपेरै भए पनि किसान खेतबारीमा ओर्ले, हिउ“का डल्ला पन्साए, ढलेका अन्नका बोटहरू सोझ्याए । हिउ“का झुप्पाहरू डिल आलितिर फर्काए । हिमाली भेकहरूमा हिउ“ परेर सेताम्मे भएका अन्नका गराहरूमा अझै केही दिन हिउ“का पोकापोकी देख्न पाइने छ । यसले खेतीलाई राम्रो गर्ने कुरा त छ“दै छ । हिउ“ले मलको साटो राम्रो काम गर्छ भन्ने भनाइ पनि छ । त्यसले गर्दा प्रकृति आफैंले एक झमट मौकैमा मल प्रदान गरेको छ । यो किसानहरूका लागि अत्यन्त राम्रो शुभ संकेत पनि हो । यसपालीको तरकारी र अन्न पात वृद्धि हुने पक्का छ । तरकारी खेतीलाई बढी फाइदा भएको छ । किसानहरू दंग नहुने कुरै छैन । पहाड, हिमाल र उपत्यका वरपर लगाइएका आलुको फसल राम्रो हुने भो भनेर स्वयं किसानहरू खुसी भएका छन् ।
यति मात्र होइन । यो हिउ“दमा झरेका हिउ“का ढिक्काले वर्षे खेतीलाई पनि मलको काम गर्छ । माटो फुक्का, खुकुलो र मलिलो भएपछि धान खेती राम्रो हुनु स्वाभाविक हो । अब किसानहरूले यो मौकालाई छोड्नु हु“दैन । खेतबारीमा लगाइएका विशेषगरी तरकारीको स्याहार संभार र अन्य काम गर्नु जरूरी छ । फसललाई गोडमेल, उत्पादन र भण्डारण गरेपछि किसानहरूलाई मात्र होइन, राष्ट्रिय आम्दानीमा नै बढोत्तरी हुनेमा आशावादी हुन सकिन्छ । प्रकृति किसानहरूका देवता मानिन्छन् । त्यसैले त किसानहरू प्रकृतिको पूजा गर्छन् । अबका वर्षहरूको हिउ“द महिनामा पनि यसरी नै हिउ“दे वर्षा होस् भन्ने कामना गर्नु मनासिव ठहरिने छ । प्रकृति र मौसमलाई किसानहरूकै तर्फबाट मुरीमुरी साधुवाद ! -कृषि

प्रकाशित मिति: शनिबार, फाल्गुन १०, २०७०