शुक्रबार, चैत्र १६, २०८०

हामीले कृषि उत्पादनका लागि लगानी गरिरहेका छौं ।

kabita aryal
 कविता पण्डित
अध्यक्ष, समग्र कृषि सहकारी संस्था

कृषि क्षेत्रलाई राज्यले प्राथमिकतामा राखेपछि बचत तथा ऋण सहकारी संस्थासँग सँगै कृषि सहकारी खुल्ने क्रममा पनि बढ्दै गईरहेको छ । पछिल्लो समयमा कृषि सहकारीहरुले कृषि उत्पादनका लागि आफूलाई सक्रिय तुल्याउँदै आइरहेका छन् । कृषि सहकारीहरुले कृषि क्षेत्रमा कसरी सहयोग पु¥याईरहेका छन् त यो विषय पनि पछिल्लो समयमा चर्चा चल्न थालेको छ । यही सेरोफेरोमा रहेर समग्र कृषि सहकारी संस्थाकी अध्यष कविता पण्डित अर्यालसँग कृषि साप्ताहिकले गरेको कुराकानी ः
समग्र कृषि सहकारीले कृषि कर्जामा कति रकम लगानी गरिरहेका छ ?
हाम्रो सहकारीको स्थापना उदेश्य नै कृषि क्षेत्रलाई विकास गर्ने भएका कारण सहकारीले जति पनि लगानी गरिहेको त्यो सवै कृषि क्षेत्रमा नै लगानी गरिरहेको । बचत तथा ऋण सहकारी संस्था जस्तो हामी नभएका कारण पनि हामी कृषि भन्दा बाहिर गएर लगानी गर्दैनौं । यतिखेर भन्ने हो भने हामीले करीव १० लाख ५० हजार रुपैयाँ कृषिमा लगानी गरिरहेका छौं ।
पछिल्लो समयमा कृषि सहकारी संस्थाको खोल्नेहरु प्रशस्त देखिएका छन् अवस्था कस्तो छ त ?
उपत्यका बाहिरको कुरा गर्ने हो भने कृषि सहकारीको अवस्था अत्यन्तै राम्रो छ । कृषि सहकारीहरुले सोचे भन्दा पनि बढी फाइदा लिईरहेका छन् भने कृषि उत्पादनका नै आफूलाई सक्रिय तुल्याईरहेका छन् । तर उपत्यकाको हकमा भने शहरीकरणले गर्दा कृषिमा राम्रो लगानी गर्न पाइएको छैन । कृषि उत्पादनका लागि चाहेर पनि जग्गा पाइएको अवस्था छैन । उपत्यकाभित्र कृषि उत्पादनका लागि पाइने जग्गाको भाडा पनि अत्यन्तै महंगो छ । त्यसैले पनि हामीले हाम्रा सदस्यहरु मार्फत सानो सानो लगानी गरिरहेका छौं । संस्थागत रुपमा प्रत्यक्ष लगानी भने गरिएको छैन ।
कृषि सहकारीमा धेरै समस्या छ भन्छन् नि ?
स्वभाविक पनि कृषि सहकारीहरुमा समस्या धेरै छन् । कारण के हो भने देशभरी हेर्ने हो भने सहकारीको संख्या धेरै छन् भने अर्कोतिर जति पनि सहकारी खुलेका छन् सवैले आफ्नो उदेश्य अनुरुप काम गरिएको देखिँदैन । पछिल्लो समयमा हेर्नेहो भने सहकारीप्रति मानिसहरुको वितृष्णा बढ्दै गईरहेको छ । सहकारीलाई लगानी गर्न त्यत्ति सजिलो पनि छैन । अझ कृषि सहकारीको कुरा गर्ने हो भने धेरै जटिलताहरु छन् । कृषि सहकारीहरुले पनि कृषि उत्पादनमा जोड दिन सक्ने हो भने ती समस्याहरु  विस्तारै समाधान हुने छन् ।
समग्र कृषि सहकारी मार्फत किसानहरु त लाभान्वित भएका होलान् नि त?
हाम्रो कार्यक्षेत्र काठमाडौंमा नै भएका कारणले गर्दा काठमाडौं जिल्लाका ५ वटा गाविसलाई हामीले हाम्रो कार्य क्षेत्रका रुपमा लिएर अगाडि बढेका छौं । ती ५ गाविसका किसानहरु मार्फत नै हामीले कृषि उत्पादनका लागि लगानी गरिरहेका छौं ।
निम्न स्तरका किसानलाई कसरी समेट्ने प्रयास गर्नु भएको छ त ?
हामीसँग भएका सदस्यहरु जसले कृषि क्षेत्रका काम गरिरहुन भएको छ र कृषि उत्पादनमा लगानी बढाउने चाहिरहनु भएको छ । उहाँहरुलाई सामूहिक जमानतमा विना धितो ऋण दिने व्यवस्था पनि गरेका छौं । जसकारण उहाँहरुको जीवनस्तर उकास्नका लागि मद्दत पुग्ने छ ।
किसानका लागि भावी योजना के छन् त ?
समग्र कृषि सहकारी संस्थाले हालै मात्र जिल्ला कृषि विकास कार्यालय काठमाडौं र कृषि सामग्री कम्पनीबाट नेपाल सरकारद्धारा अनुदानित रसायनिक मल तथा बीउ विजनहरु विक्री वितरण गर्नका लागि स्वीकृतका लागि पहल गरेका छौं । जसको माध्यमबाट हाम्रा सदस्य तथा किसानहरुलाई सहज र सुपथ मूल्यमा विक्री वितरण गर्ने योजना बनाएका छौं ।  साथै कीटनाशक औषधीको कारोबारका लागिपनि इजाजत लिने प्रक्रियामा छौं । -अम्विका आर्यल, कल्पना भटट्राई

प्रकाशित मिति: सोमवार, पुस ८, २०७०