बुधबार, बैशाख ५, २०८१

स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु, २३ कात्तिक । कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्tarki murgiयावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् । रु १४ लाखको लगानीमा आठ महिनाअघिदेखि शुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने छ कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको घाँस लगाएका छन् ।
भाले जातका टर्की बिक्रीका लागि तयार भएको र पोथी टर्कीले भने अण्डा पार्न थालेको उनको भनाइ छ । स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यतालाई चुनौती दिँदै यहाँका युवाले सामूहिक टर्कीपालन गरी मनग्य आम्दानी गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २३, २०७४