शनिबार, बैशाख ८, २०८१

स्थानीय तहमा कृषि संरचनाको महत्वपूर्ण भुमिका

बुटवल, २ असोज । नेपल सरकार कृषि मन्त्रालय कृषि विभागका महानिर्देशक डिल्लीराम शर्माले संघीय संरचना निर्माण गर्दा कृषि क्षेत्रलाई ख्याल नगरिएको भन्दै स्थानीय तहमा कृषिको अहम् भूमिका हुने बताएका छन् । उनले हाल सरकारले कृषि क्षेत्रलाई स्थानीय निकायमा लैजाने कुरा जायज भएपनि निश्चित पूर्वतयारी विना आएको कारण अहिले स्थानीय तहमा कृषिको संरचना विग्रिएको उनको भनाई रहेको छ । सोमबार किसानका लागि उन्नत विउ विजन कार्यक्रमको आयोजनामा बुटवलमा भएको जिल्ला समन्वय समितिका पदाधिकारीहरुसंगको कार्यक्रम कार्यान्वयन तथा पृष्ठपोषण गोष्ठी’ मा बोल्दै महानिर्देशक शर्माले भने–कृषि को सेवा सुविधा किसान मैत्री हुनुपर्दछ, यसमा हाम्रो प्रयास जारी रहेको छ । ’ कार्यशाला गोष्ठीमा पशुपन्छी विकास मन्त्रालयका महानिर्देशक विमलकुमार निर्मलले सबैजना मिलेर मात्रै कृषि र पशुको यथेष्ठ विकास गर्न सकिने धाराणा राखे । उनले कृषि र पशु एउटा सिक्क्को दुई पाटा भएको भन्दै कार्ययोजना निर्माण, कार्यान्यवनमा यसमा ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा कृषि विभागका उप महानिर्र्देशक प्रकाश सञ्जेल, किसानका लागि उन्नत विउ विजन कार्यक्रममा कार्यक्रम निर्देशक कौशल कुमार पौडेलले आ आफ्ना विद्यागत कार्यालयको नीती तथा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । बुटवलमा प्रमुख कार्यालय रहेको किसानका लागि उन्नत विउ विजन कार्यक्रममा लुम्बिनी अञ्चलका २ वटा जिल्ला गुल्मी र अर्घाखाँची र राप्ती अञ्चलका ४ जिललाहरु रोल्पा, रुकुम, सल्यान र प्युठानमा आफ्नो कार्यक्रम गर्दे आएको छ । वीउ उत्पादन र पशु विजवृद्धिको लागि मुख्य काम गर्दै आएको किसानको लागि उन्न्त विउ विजन कार्यक्रमको अव २७ महिना मात्रै अवधि रहेको छ । ७ बर्षको लागि परियोजना निर्माण गरी कार्यक्रम अगाडि बढाएको यो परियोजनाको हाल सम्म ६१ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । कार्यक्रममा परियोजना लागू भएको ६ वटा जिल्लाका जिल्ला संमन्वय समितिका प्रमुख, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु विकास कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज २, २०७४